२०८३ बैशाख ७, सोमबार
24 खबर अपडेट

सिटिजन्स बैंक परासी शाखाद्धारा वार्षिकोत्सवमा आयोजित बृहत रक्तदान कार्यक्रममा ५९ जनाद्वारा रक्तदान

२०८३ बैशाख ७, सोमबार प्रकाशित ( घण्टा अघि) ८२ पाठक संख्या

परासी, ७ वैशाख । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड परासी शाखाले बैंकको १९ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ। सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजित उक्त कार्यक्रममा ५९ जना रक्तदाताहरूले रक्तदान गर्दै जीवनरक्षाको अभियानमा साथ दिएका हुन् ।

Vv

नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा बैंकको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कर्मचारी, सेवाग्राही तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरको उल्लेखनीय उपस्थिति रहेको थियो। सामाजिक कार्यमार्फत समुदायसँग सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बैंककी परासी शाखा प्रमुख मीना पाण्डेले जानकारी दिनुभयो ।
“वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नगरी मानवसेवामा रूपान्तरण गरेका हौँ, यस कार्यक्रमले बैंकको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धतालाई थप उजागर गरेको छ, हामी उत्कृष्ट बैंकिङ सेवासँगै सामाजिक कार्यमार्फत समुदायसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने अभियानमा छौँ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरी, नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीका अध्यक्ष मोहन पौडेल, रामग्राम जेसीजका अध्यक्ष मुकेश लोनिया, विभिन्न बैंकका शाखा प्रमुखहरु लगायतले अहिले रगत अभाव भईरहेको अवस्थामा यो रक्तदानले आपतकालीन अवस्थामा रहेका बिरामीहरूको ज्यान जोगाउन महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस्ता अभियान निरन्तर हुनुपर्नेमा जोड दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस