२०८३ बैशाख ९, बुधबार
24 खबर अपडेट

महिला नेतृत्व सशक्तिकरणमा नवलपरासी रेडक्रसको पहल: पैरवी तथा नेतृत्व विकास तालिम

२०८३ बैशाख ९, बुधबार प्रकाशित ( घण्टा अघि) ६४ पाठक संख्या

परासी,९ वैशाख । महिला सशक्तिकरण र जलवायु–स्वास्थ्यका सवालमा समुदायस्तरमै प्रभावकारी आवाज उठाउने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासीले सञ्चालन गरेको दुई दिने पैरवी तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

IMG 20260422 WA0042

नेपाल रेडक्रस सोसाइटीद्धारा कार्यान्वयन र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित लोकलाइज्ड इनोभेसन फण्ड (LIF) परियोजनाअन्तर्गत बैशाख ८ र ९ गते परासीमा आयोजित उक्त तालिममा महिला जलवायु स्वास्थ्य समूह (WCHG) का २४ जना सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो। तालिमले सहभागी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गरेको देखिएको छ।
तालिमका क्रममा नेतृत्व विकास, प्रभावकारी पैरवी गर्ने सीप, निर्णय प्रक्रियामा सहभागिता र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने असरबारे व्यवहारिक तथा अन्तरक्रियात्मक ढंगले सहजीकरण गरिएको थियो।

IMG 20260422 WA0033

समूहगत अभ्यास, खुला छलफल र अनुभव आदानप्रदानले सहभागीहरूलाई सिकाइसँग प्रत्यक्ष जोड्न सहयोग पुगेको थियो।
कार्यक्रमको उद्घाटन तथा समापन नेपाल रेडक्रस सोसाइटी नवलपरासी पश्चिमका सभापति राजेन्द्रप्रसाद अग्रहरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्यानाडियन रेडक्रस र नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।

IMG 20260422 WA0047

 

परियोजनाका जिल्ला कार्यक्रम संयोजक गोकर्ण श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले स्थानीय महिलाहरूलाई समुदायका मुद्दामा सशक्त रूपमा उभिन प्रेरित गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यस्ता तालिमले महिलालाई नेतृत्व लिन मात्र होइन, परिवर्तनको अगुवा बन्न समेत सक्षम बनाउँछ।”

IMG 20260422 WA0045

 

तालिमपछि सहभागीहरूले आफ्ना समुदायमा जलवायु तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरूमा प्रभावकारी पैरवी गर्दै सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

IMG 20260422 WA0048

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस