२०८३ बैशाख १६, बुधबार
24 खबर अपडेट

बर्दघाटमा लागुऔषधसहित दुई जना पक्राउ

२०८३ बैशाख १६, बुधबार प्रकाशित ( घण्टा अघि) ७९ पाठक संख्या

परासी,१६ वैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- १० लण्डनब्रिज नजिक रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजाघरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राति करिब १०:१५ बजे प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारी जाँच तथा खानतलासी गर्दा लागूऔषध फेला परेपछि शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. १० लण्डनब्रिज निवासी ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका वडा नं. ५ थारुटोल निवासी ३३ वर्षीय स्तकार हुसेन रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्तकार हुसेनको साथबाट ४ प्याकेट एमडी (MD) सिंथेटिक लागुऔषध २०८ ग्राम १६० मिलीग्राम बरामद गरिएको छ। लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई नवलपरासी जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस