२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा पालिकास्तरको एकता अधिबेशनलाई तीब्रता

२०८० श्रावण ८, सोमबार प्रकाशित ( महिना अघि) ३२२ पाठक संख्या

नवलपरासी, ८ साउन । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जिल्लाका सातै पालिकामा एकता अधिबेशनलाई तीब्रता दिएको छ ।
तात्कालिन नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच केन्द्रीयस्तरमा एकता पार्टी भएपछि प्रदेश र जिल्लामा एकता अधिबेशन, प्रशिक्षण एंव बैठक समापन गरेर पालिकास्तरका अधिबेशनलाई तीब्रता दिएको जिल्ला ईन्चार्ज संकल्पले जानकारी दिनुभयो । उहाँका अनुसार एकता र धुब्रीकरणलाई तीब्र बनाउदै बर्दघाट र सुनवल नगरस्तरीय एकता अधिबेशन सम्पन्न भएका छन् ।
अब बाँकी रहेका पाँच वटा पालिकामा एकता अधिबेशनको पूर्व तयारीमा जुटेका छौं – महाधिबेशन आयोजक समिति सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो– त्यसका लागि पालिका ईन्जार्ज र संयोजक समेत खटाइएको छ । छिट्टै पालिका अधिबेशन सम्पन्न गरेर वडास्तरका अधिबेशन समेत भदौं महिनाभित्र सम्पन्न गर्ने उहाँको भनाई छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा प्रजिअसंग भेटघाट
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी बसुपले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल संग भेटघाट तथा छलफल गरेको छ ।
पार्टीका प्रदेश सदस्य जयफुल्लाह हसनलाई अभद्र ब्यवहारको मुद्धा दायर गरेको प्रति पार्टीले चाँसो ब्यक्त गर्दै पार्टीले प्रजिअ र बरिष्ठ प्रहरी उपरिक्षक काजी कुमार आचार्यलाई भेटघाट गरी मुद्धाको अवस्था बारे आइतवार जानकारी लिएको हो ।
उक्त अवसरमा प्रजिअ अर्यालले कुनै पनि नागरिक अन्यायमा पर्न नहुनेमा आफू सचेत रहेको भन्दै बिषय प्रति तदारुकता देखाउनुभएको थियो । सो अवसरमा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य रवि पाण्डे , प्रदेश सदस्य चुडामणी भण्डारी, सुर्य प्रसाद सापकोटा र जयफुल्लाह समेत हुनुहुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस