२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

आधारभूत तह कक्षा ८ को परीक्षामा रामग्राम सगरमाथा एकेडेमीकी साधना नगर प्रथम भएको विद्यालयको दाबी

२०८१ बैशाख १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ९७ पाठक संख्या

परासी, १० वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आधारभूत तह अन्तरगत कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । शैक्षिक शत्र २०८० मा सञ्चालन गरिएको नगर स्तरीय आधारभूत तह परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो ।
नगर स्तरीय परीक्षामा सहभागि एक हजार एक सय ६१ विद्यार्थी मध्ये ५ सय ७५ अर्थात ५३ दशमलव ३८ प्रतिशत विद्यार्थी उत्र्तिण भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर खनालले जानकारी दिनुभयो । परीक्षामा नगर भित्र रहेका सामुदायिक तथा निजी गरि ३१ विद्यालयको सहभागिता थियो ।
नतिजा अनुसार रामग्राम ६ पोखरापालीमा रहेको रामग्राम सगरमाथा एकेडेमीमा अध्यनरत छात्रा साधना अग्रहरी उत्कृष्ट अंकका साथ नगर प्रथम हुन सफल भएको विद्यालयले दाबी गरेको छ । आज प्रकाशित कक्षा ८ को नतिजामा रामग्राम सगरमाथा एकेडेमीकी साधनाले सर्वाधिक ३.९७ जीपीए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक अविनाश रेग्मीले जानकारी दिनुभयो । उक्त विद्यालयबाट परीक्षामा सहभागि २४ जना विद्यार्थी मध्ये २१ जना अर्थात ८७ दशमलव ५० प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् ।
यसैगरी विद्यालय तर्फ मायादेवी ईङ्लिस स्कुल उजैनी नगर प्रथम हुन सफल भएको छ । उक्त विद्यालयबाट सहभागि सबै विद्यार्थी उत्र्तिण भएका छन् । विद्यालयबाट २५ जना विद्यार्थी परीक्षामा सहभागि थिए । लोहसडा आधारभूत विद्यालयको नतिजा भने शून्य भएको छ । उक्त विद्यालयबाट सहभागि कुनै पनि विद्यार्थी उत्र्तिण हुन नसकेको नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस