२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सातौँ बर्दघाट महोत्सवको आयव्यय सार्वजनिक, दुई करोड २५ लाखको कारोबार

२०८१ बैशाख १८, मंगलबार प्रकाशित ( हफ्ता अघि) ८७ पाठक संख्या

परासी,१८ वैशाख । बर्दघाट उद्योग वाणिज्य संघले सातौँ बर्दघाट महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । संघले आज पत्रकार सम्मेलन गरि महोत्सवमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो ।
पश्चिम नवलपरासीको बर्दघाटमा गत चैत २३ देखि वैशाख ३ गतेसम्म सातौँ बर्दघाट महोत्सव सञ्चालन भएको थियो । महोत्सव आयोजक बर्दघाट उद्योग वाणिज्य संघले उक्त महोत्सवमा दुई करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको जनाएको छ । संघका अध्यक्ष लेखनाथ न्यौपानेले महोत्सवमा रु तीन करोड आर्थिक कारोबार हुने अपेक्षा गरिएपनि अपेक्षा भन्दा केही कम कारोबार भएको बताउनुभयो ।
महोत्सवबाट उद्योग वाणिज्य संघले भने आठ लाख ६४ हजार रुपैँया बचत गर्न सफल भएको छ । मेला सञ्चालनको लागि कूल खर्च २० लाख ५९ हजार रुपैँया खर्च भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । मेलाका लागि बर्दघाट नगरापलिका,प्रायोजकहरु तथा व्यवस्थापकिय जिम्मेवारी लिएको सिद्धबाबा एक्जिविसनमार्फत गरि रु २९ लाख २३ हजार रुपैँया प्राप्त भएको उहाँले बताउनुभयो ।
मेलाबाट बचत भएको रकम मध्ये रु पाँच लाख विपद् कोषमा जम्मा गर्ने संघले जनाएको छ। उक्त कोषबाट व्यवसायीलाई विपद्को समयमा सहयोग गरिनेछ । संघले आगामी आर्थिक वर्षको साउन देखि संघमा आवद्ध सबै व्यवसायीको रु एक लाख बराबरको बीमा गर्ने र बाँकी रकम व्यवसायिक विकासमै खर्च गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । मेलामा कृषि, लघु उद्यमी, महिला उद्यमी, होटल व्यवसाय,हस्तकला लगायतका गरि १३० स्टल रहेको संघका सचिव डिल्लीराज कँडेलले बताउनुभयो । संघले हाल ठेक्का प्रणालीमार्फत मेला सञ्चालन गर्दै आएपनि आगामी वर्षदेखि आफै व्यवस्थापकिय भूमिकासहित मेला सञ्चालन गर्ने योजनामा रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस