२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

संघीयता आउनुमा जसपाको अहम भूमिका : राजकिशोर यादव

२०८० आश्विन २७, शनिबार प्रकाशित ( महिना अघि) ३८८ पाठक संख्या

परासी, २७ असोज । जनता समाजवादी पार्टी(जसपा)का नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले संघीयता ल्याउन आफ्नो पार्टीका महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले संघीयतालाई थप सबल बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
जसपा नेपाल नवलपरासीले आज रामग्राम–४ बैरिहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले उक्त कुरा बताउनुभएको हो । जसपाका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनुभएका नेता यादवले जनताको हरेक काममा सहयोग गर्न र जनतासँग नजिक रहन आग्रह गर्नुभयो ।
नेता यादवले सबै किसिमका अत्याचार, भ्रष्टाचार लगायतका वेथिती नियन्त्रणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले विजयादशमी, दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको पार्टीका जिल्ला सहसचिव कमलेश मालीले बताउनुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं पूर्व रक्षा राज्यमन्त्री रामबचन यादव, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अलाउदिन अन्सारी, संघीय परिषद सदस्य एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादव, केन्द्रीय सदस्य मुन्नालाल गुप्ता,केन्द्रीय सदस्य महेन्द्र यादव,लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको उक्त पार्टीका जिल्ला सचिव एवम् रामग्राम ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस