२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रसद्धारा उजैनीमा लैंगिक हिंसा र स्वास्थ्य शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन

२०८१ बैशाख १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ७३ पाठक संख्या

परासी, १० वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.७ मा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य परियोजनाको आयोजनामा लैंगिक हिंसा तथा कम उमेरमा विवाह गर्दा हुने समस्याको विषयमा सडक नाटक प्रदर्शन गरिएको हो ।
रेडक्रसका स्वयमसेवक तथा सामाजिक परिचालकहरुले कलाको माध्यमबाट लैंगिक हिंसा र स्वास्थ्य शिक्षाको विषयमा समुदायका नागरिकलाई सचेतना प्रदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिनुभयो । नाटक हेर्न स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्याराज पौडेल,, ध्रुब काफ्ले लगायतले स्वास्थ्य शिक्षाको महत्वको विषयमा प्रकाश पार्नुभ्एको थियो भने स्वास्थ्य स्वयमसेविका सरस्वती राठोरले सडक नाटकको उद्देश्य र सन्देशको विषयमा जानकारी गराउनुभएको परियोजनाकी सामाजिक परिचालक उमा गुप्ताले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस