२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा महिला संघको पदस्थापन तथा सपथग्रहण

२०८० मंसिर ४, सोमबार प्रकाशित ( महिना अघि) ३२६ पाठक संख्या

परासी,४ मंसीर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ जिल्ला कार्य समिति पश्चिम नवलपरासीको जिल्ला तदर्थ समितिको पदस्थापना तथा सपथग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको उक्त कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिति तथा यस अन्तर्गतका संघीय ,प्र्रदेश तथा स्थानीय पालिका स्तरीय समितीमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना तथा सपथग्रहण गराईएको हो ।

महिला संघकी जिल्ला सभापति तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरी, महिला संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रा लगायतको विशेष आतिथ्य रहेको थियो ।
उक्त अवसरमा संघकी विभिन्न तहमा मनोनयन भएका पदाधिकारी एवं सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपथग्रहण गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय सदस्य एवंम् पुर्व गृह राज्यमन्त्री कण्डेलले पार्टीमा महिला संघको ईतिहास देखि बर्तमान अवस्थासम्म महत्वपुर्ण भुमिका रहेको चर्चा गर्नुभएको थियो ।
यस्तै कांग्रेसका नेता एवं संघीय सांसद बिनोद चौधरीले राज्यका तीनै तहसम्म महिलाको उचित ब्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभयो । महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित लुस्थान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल , नेपाली कांग्रेसका नेता मोहन शर्मा, महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी , लोकतन्त्रबादी आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष टिचन गुरुङ्ग लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस