२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

२०७२ को भुकम्पबाट मृत्यु भएकाहरुको सम्झनामा रामग्राम स्तुपमा दीप प्रज्ज्वलन

२०८१ बैशाख १२, बुधबार प्रकाशित ( हफ्ता अघि) ९७ पाठक संख्या

परासी, १२ वैशाख। वि.स.२०७२ वैशाख १२ गते गएको भुकम्पमा मृत्यु भएका व्यक्तिहरुको चीर शान्तिको कामनासहित पश्चिम नवलपरासीको रामग्राम स्तुपमा दीपप्रज्वलन गरिएको छ । उक्त भुकम्पमा परी मृत्यु भएका दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भुकम्प आएकै दिन आज वैशाख १२ गते नागरिक समाज नवलपरासीको नेतृत्वमा दीपप्रज्वलन गरिएको हो ।
भुकम्पबाट मृत्यु भएका नागरिकहरुको स्मृत्तिमा दीपप्रज्वलन गरिएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनुभयो । त्यसबखतको समय नेपालीका लागि पीडदायी रहेको बताउँदै उहाँले मृत्तकहरुको चीर शान्तिको कामना गरिएको बताउनुभयो ।
विगतबाट पाठ सिकेर भुकम्प प्रतिरोधी संरचना निर्माणसँगै विपद्को पूर्व तयारीमा सबै लाग्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । उक्त अवसरमा समाजसेवी लक्ष्मी क्षेत्री, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष अर्जुन क्षेत्री, नेपाल नेत्र ज्योति संघ नवलपरासीका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल, रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल लगायतले भुकम्पबाट मृत्यु भएकाहरप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस