२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउने अभियान शुरु

२०८१ बैशाख १२, बुधबार प्रकाशित ( हफ्ता अघि) ११३ पाठक संख्या

मोहन पौडेल
परासी, १२ वैशाख। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउने अभियान शुरु भएको छ । सरकारले चालु आर्थिक वर्षमा रामग्रामसहित देशभरका १०० स्थानीय तहलाई क्षयरोग मुक्त पालिका बनाउने गरि छनौट गरेपछि रामग्राममा पनि यो अभियानको शुभारम्भ गरिएको हो ।
महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्षयरोग मुक्त अभियानको विषयमा छुट्टाछुट्टै अभिमुखीकरण गरि अभियानको शुरुवात गरिएको रामग्राम नगरपालिकाकी क्षयरोग मुक्त अभियानकी संयोजक सदिक्षा भट्टराईले जानकारी दिनुभयो ।
अभियान अन्तरगत आ.व.२०७८।०७९ मा नेपालका २५ पालिका छनोट भएका थिए भने चालु आ.व.२०८०।८१ मा रामग्रामसहित थप १०० स्थनीय तह छनौट गरि सरकारले क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रम सञ्चालन गरेको हो । जस अनुसार रामग्राम नगरपालिकालाई आगामी पाँच वर्ष भित्र क्षयरोग मुक्त नगर घोषणा गरिनेछ ।
अभियान अन्तर्गत रामग्राम नगरपालिकाले पहिलो वर्ष क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य गर्ने अभियानकी संयोजक भट्टराईले बताउनभुयो । अभियानको क्रममा प्रत्येक घरदैलोमा पुगि बिरामीको पहिचान गरि उपचार गरिनेछ ।
उहाँका अनुसार नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम गर्नेछ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । क्षयरोग मुक्त नेपाल अन्तरगत अहिले देशका १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गर्ने काम गरिरहेको छ । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग महामारीको अन्त्य गर्ने लक्ष्य लिएको छ ।
रामग्राम नगरपालिकामा हाल ४९ जना नयाँ क्षयरोगीका विरामी उपचारमा रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो । गत आर्थिक वर्षमा ७० जना क्षयरोगी उपचारमा रहेका थिए भने आ.व.२०७८।०७९ मा ८१ ज्ना बिराम िउपचारमा थिए । क्षयरोग मुक्त गर्न चुनौती भएपनि पञ्च वर्षीय योजना बनाएर काम गरिने उहाँले बताउनुभयो । प्रत्येक वर्ष उल्लेख्य मात्रामा क्षयरोगका बिरामी देखिएकोले निवारणको अभियान थालिएके हरिजनले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस