२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पहिलोपटक जिल्ला सम्मेलन गर्दै नवलपरासी कांग्रेस : शेखर कोईराला,चन्द्र भण्डारी लगायतका नेताहरु परासी आउँदै

२०८० मंसिर १४, बिहिबार प्रकाशित ( महिना अघि) ३०० पाठक संख्या

मोहन पौडेल
परासी, १४ मंसिर । नेपाली कांग्रेस पश्चिम नवलपरासीले विगतको समिक्षा र आगामी कार्ययोजना तय गर्न पहिलो पटक जिल्ला सम्मेलन गर्दैछ । मंसिर १५ गते जिल्ला सदरमुकाम परासीस्थित सिद्र्धान होटलमा प्रथम जिल्ला सम्मेलन हुने नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले जनाएको छ ।
जिल्ला सम्मेलनलाई सम्बोधन गर्न कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईराला,चन्द्र भण्डारी लगायतका नेताहरु परासी आउन लागेको पार्टीका जिल्ला सचिव कुलदीप आचार्यले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो । जिल्ला सम्मेलनले पार्टी सुदृढीकरणमा महत्वपूर्ण योगदान गर्ने नवलपरासी कांग्रेसको दाबी छ । जिल्ला सम्मेलनले विगतमा भएको कार्यहरुको समिक्षा गर्दै आगामी वर्षका लागि प्रस्तावित कार्ययोजना पारित गरि साझा एजेण्डाका साथ अघि बढ्न र पार्टीलाई थप बलियो बनाउन महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।
सक्षम र गतिशिल संगठन निर्माणका लागि पार्टीको विधान अनुसार आठै तहको सम्मेलन गर्ने क्रममा जिल्ला सम्मेलन हुन लागेको पार्टीका संगठन विभाग प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो । जिल्ला सम्मेलनमा एक हजार ३७४ क्षेत्रीय प्रतिनिधिले सहभागिता जनाउनेछन् । सम्मेलनमा वरिष्ठ नेता शेखर कोईराला, केन्द्रीय सदस्यहरु दीपक गिरी, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, विनोद चौधरी,प्रदेश सभापति अमरसिंह पुन, नेता गोविन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव आचार्यले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस