२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावल–६ स्थित नवप्रतिभा समूहका सदस्यलाई बाख्रापालनका लागि सहयोग सामग्री र औषधी वितरण

२०८० कार्तिक ३०, बिहिबार प्रकाशित ( महिना अघि) ८७९ पाठक संख्या

परासी, ३० कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ पुसौली टोलमा सञ्चालित नवप्रतिभा समूहका सदस्यहरुलाई बाखा्रपालनका लागि आवश्यक सहयोगी सामग्री र औषधी वितरण गरिएको छ । सरावल गाउँपालिकाको समन्वयमा असल छिमेकी नेपाल संस्थाद्धारा समुदाय सशक्तीकरण, जीविकोपार्जन तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्र्तगत उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरि समूहका सदस्यहरुलाई रु ६० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको असल छिमेकी नेपालले जनाएको छ । समूहमा आवद्ध २४ जना किसानहरुलाई टनिक, जुम्राको औषधी,जुकाको औषधी,ज्वरोको औषधी,कोफ्नी,एन्टिबाटिक, चापट,घाँसके बीउ बर्सिन, टोटाभेट पाउडर लगायतका सामग्री हस्तान्तरण गरिएको संस्थाकी सामाजिक परिचालक प्रभावित चौधरीले बताउनुभयो ।
उनीहरुलाई गत असोज १४ देखि तीन दिने बाख्रापालन तालिम प्रदान गरिएको थियो । तालिम पश्चात बाखा्रापालनका लागि आवश्यक सामग्री र औषधी समेत प्राप्त गरेकोले अव किसानहरुले व्यवसायिक रुपमै बाख्रापालन गरि आयआर्जन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष चौधरीले जोड दिनुभयो । गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर बजेट तथा योजना सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष चौधरीले डुबान क्षेत्रमा कृषि र पशुपालनको क्षेत्रमा थप प्राथमिकता दिईएको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस