२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

जेसीज,नगरपालिका र रेडक्रसद्धारा‘लु’ बाट बच्ने उपाय विद्यार्थीलाई सिकाउन शिक्षकलाई अभिमुखीकरण

२०८१ बैशाख १६, आईतबार प्रकाशित ( हफ्ता अघि) १३२ पाठक संख्या

परासी, १६ वैशाख । पश्चिम नवलपरासीमा केहीदिन यता तापक्रम बृद्धि भई तातो हावा चल्न थालेपछि सचेतना बढाउन थालिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम जेसीज र रामग्राम नगरपालिकाद्धारा तातो हावा लु बाट विद्यार्थीलाई जोगाउन शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य परियोजनाको सहयोगमा गरिएको उक्त कार्यक्रममा रामग्राम नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापनरत ५० बढी शिक्षकहरुको सहभागिता रहेको थियो ।
आआफ्नो विद्यालयमा विद्यार्थीलाई लु सम्बन्धी सचेतना सञ्चार गर्न प्रेरित गर्ने उद्देश्यले शिक्षकहरुलाई अभिुखीकरण गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि शिक्षकहरुले अब आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लु बाट जोगिने उपाय तथा पूर्व तयारीका विषयमा सिकाउनेछन् ।
कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन र शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले तातो हावा लु बाट विद्यार्थीहरु बढी जोखिममा पर्ने भएकोले यसबाट विद्यार्थीलाई बचाउन शिक्षकलाई सचेत गराईएको बताउनुभयो । लु बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न समयमै तयारी र सकेसम्म लु हुनै नदिन आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सचेत गराउन र विद्यालय नै बन्द गराउनुपर्ने अवस्थाको अन्त्य गर्न उहाँले जोड दिनुभयो ।
तापक्रम बढ्दै गएकोले रामग्राम नगरपालिबाबाटै जिल्लामा लु व्यवस्थापनको विषयमा सचेतना अभियान शुरुवात भएको बताउँदै उहाँले गर्मीको समयमा खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउने, घाममा सकेसम्म नहिँड्ने र हिँड्नै परे सावधानी अपनाउने लगायतका विधि प्रयोग गर्न आग्रह गर्नुभयो ।

Lu2

 

रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम जेसीजका महासचिव मुकेश नारायण लोनिया, कानूनी सल्लाहकार विष्णुराज राज, उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा.किरण गुप्ता लगायतले लु बाट बच्ने उपायका बारेमा प्रकाश पार्नुभएको थियो ।

Su

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस