२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

उपाध्यक्ष अन्सारीको पहलमा आगलागी पीडितलाई कपडा वितरण

२०८१ बैशाख १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ८२ पाठक संख्या

परासी, १० वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.६ स्थित पडरी गाउँका आगलागी पीडितलाई राहत स्वरुप कपडा वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीको विशेष पहलमा पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको हो ।
क्लोथ एण्ड फुड बैंक नेपाल नामक संस्थामार्फत आगलागी पीडितलाई कपडा वितरण गरिएको पालिका उपाध्यक्ष अन्सारीले बताउनुभयो । पीडित महिला, बालबालिका तथा पुरुष सवैका लागि हुने गरि संस्थाले १२ कार्टुन कपडा उपलब्ध गराएको थियो । गाउँपालिका उपाध्यक्ष अन्सारीकै उपस्थितिमा उक्त कपडाहरु आज वितरण गरिएको थियो । गत वैशाख ७ गते भएको आगलागीबाट पडरीका ११ घर परिवार प्रभावित भएका थिए । उपाध्यक्ष अन्सारीले पीडितलाई राहतका लागि गाउँपालिका र अन्य विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस