२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा शिक्षकलाई गुणस्तरीय शिक्षा सम्बन्धी कार्यशाला

२०८१ बैशाख १५, शनिबार प्रकाशित ( हफ्ता अघि) ८१ पाठक संख्या

परासी, १५ वैशाख । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले रामग्राम महिला जेसीजले एक दिने कार्यशाला सम्पन्न गरेको छ । महिला जेसीजले परासी स्थित रामग्राम नन्दन सामुदायिक सिकाई केन्द्रमा नगर क्षेत्रका विभिन्न विद्यालयका शिक्षकहरुको सहभागितमा गुणस्तरीय शिक्षा सम्बन्धी कार्यशाला गरेको हो ।
समय अनुसार शिक्षण र सिकाईलाई सुधार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यशाला गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्काले जानकारी दिनुभयो । गुणात्मक शिक्षाका लागि योग्य, दक्ष एवं निष्ठावान शिक्षक हुनुपर्ने कुरालाई मध्यनजर गर्दै विशेषगरी सामुदायिक विद्यालय र सामुदायिक अध्ययन केन्द्रमा अध्यापन गर्ने शिक्षकहरुलाई उक्त प्रशिक्षण गरिएको उहाँले बताउनुभयो ।
यो प्रशिक्षणको माध्यमबाट व्यवहारिक र आर्थिक रुपमा सक्ष्म हुन सक्ने विभेद रहित शिक्षा अहिलेको मूल आवश्यकता हो भन्ने कुरालाई स्थापित गर्न टेवा पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

G2

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्काले गुणस्तरीय शिक्षाका लागि शिक्षकको अहम भूमिका हुने बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय सरकार एवं शिक्षा प्रेमी सबैको तदारुकता र समन्वय हुन सक्ने शैक्ष्ँिक सुधारमा चुनौती नहुने उल्लेख गर्नुभयो । जीवन उपयोगी शिक्षा अबको प्राथमिकता हुनुपर्ने उहाँको जोड थियो ।
तालिममा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले गुणस्तरीय शिक्षा कसरी प्राप्त गर्न सकिन्छ र शिक्षकको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा नगरपालिका अन्तरगतका सामुदायिक सिकाई केन्द्रहरुसहित पवन मावि, लिटिल एञ्जेल्स मावि, सयपत्री मावि लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

G3

महिला जेसीजकी अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकरीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, प्रशिक्षक एवं नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई,रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रविता गुरुआचार्य, रामग्राम जेसीजका कानूनी सल्लाहकार विष्णुराज राव, महिला जेसीजकी सहकोषाध्यक्ष एवं कार्यक्रम संयोजक अन्नु सुनार, प्रशिक्षार्थीको तर्फबाट मुना गैरे,आयुष्मा गुप्ता लगायतले लगायतले गुणस्तरीय शिक्षाको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस