२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामका मेयर यादवद्धारा व्यक्तिगत खर्चमा पाल्हीनन्दनका आगलागी पीडितलाई राहत वितरण

२०८१ बैशाख १९, बुधबार प्रकाशित ( हफ्ता अघि) ११२ पाठक संख्या

परासी, १९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले पाल्हीनन्दन गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण गर्नुभएको छ । मेयर यादवले आफ्नो व्यक्तिगत खर्चमा पाल्हीनन्दन वडा नं.६ स्थित पडरीका आगलागी पीडित १३ परिवार र सनईका दुई गरि पन्ध्र घरपरिवारलाई आज राहत वितरण गर्नुभएको हो ।
आगलागी स्थलको स्थलगत अवलोकन सहित मेयर यादवले पीडितहरुलाई दैनिक उपभोग्य सामग्रहीहरु चामल, दाल, नुन, तेल, चिनी, आलु, प्याज लगायतका खाद्यन्न वितरण गर्नुभयो । उक्त वडाका वडा अध्यक्ष कृष्णचन्द्र यादवको उपस्थितिमा राहत बाँड्दै मेयर यादवले नगरपालिकाको तर्फबाट नभई आफ्नो व्यक्तिगत खर्चबाट राहत उपलब्ध गराएको बताउनुभयो । मेयर यादवले आफूले पीडितको घाउमा मल्हम लगाउने काम गरेको बताउनुभयो । उहाँले विपद्को घडीमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गत वैशाख ७ गते पाल्हीनन्दनको पडरीमा आगलागी हुँदा १३ घरमा क्षति पुगेको थियो । जसमध्ये चार घर पूर्ण रुपमा जलेर नष्ट भएको थिए । मानवीय क्षति नभएपनि घरमा रहेका खाद्यन्न, लत्ताकपडा, नगद,गरगहना एवं पशुचौपाया जलेर नष्ट भएको वडा अध्यक्ष यादवले बताउनुभयो । घरजलेपछि उनीहरुले अहिले केही आफन्तको घरमा त केही खुल्ला स्थानमै बसिरहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस