२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावल–६ मा वडा कार्यालयको भवन निर्माण हुँदै, गाउँपालिका अध्यक्ष चौधरीद्धारा शिलान्यास

२०८१ बैशाख १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ४९ पाठक संख्या

परासी, १० वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.६ को वडा कार्यालय प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको आज एक समारोहकाबीच गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले शिलान्गास गर्नुभयो ।
गाउँपालिका अध्यक्ष चौधरीले वडावासीलाई सहज, सरल रुपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न वडा कार्यालय निर्मँण शुरु गरिएको बताउनुभयो । निर्धारित समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै पालिका अध्यक्ष चौधरीले जनप्रतिनिधि र कर्मचारीलाई पनि सेवा प्रवाहमा सहजता ल्याउने बताउनुभयो । उहाँले गाउँपालिकाको समग्र विकासका लागि लागिरहेको पनि बताउनुभयो ।
कूल एक करोड १६ लाख ६२ हजार लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि कृष्ण कन्ट्रक्सनले ७८ लाख ६ हजार ६४४ रुपैँयामा ठेक्का सकार गरेको छ । प्रदेश समपुरक योजना अन्तरगत प्रदेश सरकारको पचास प्रतिशत र गाउँपालिकाको पचास प्रतिशत लागतमा भवन निर्माण हुने अध्यक्ष चौधरीले बताउनुभयो ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, निवर्तमान वडा अध्यक्ष कैलाश यादव,वडा सदस्यहरु, कर्मचारी एवं स्थानीय अगुवाहरुको सहभागिता रहेको पालिका अध्यक्षका स्वकीय सचिव सञ्जय मौर्यले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस