२०८२ माघ २, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ‘वातावरण बचाऔँ’ अभियानको घोषणा, संयोजकमा यादव

२०८२ माघ २, बिहिबार प्रकाशित ( घण्टा अघि) ८६ पाठक संख्या

परासी, १ माघ । पश्चिम नवलपरासीमा बढ्दो वातावरणीय संकटप्रति सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै ‘वातावरण बचाऔँ’ अभियानको घोषणा गरिएको छ ।
जिल्लामा हरियाली संरक्षण, प्रदूषण न्यूनीकरण र वातावरणमैत्री जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यसहित अभियानको सुरुवातसँगै अभियान सञ्चालनका लागि समिति समेत निर्माण गरिएको हो ।
बुधबार परासीमा आयोजित भेलामा वातावरण संरक्षण अब विकल्प नभई आवश्यकता भएको भन्दै सबैको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।
अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले रामग्रामका रामभवन यादव संयोजक, सुनवल बडेराका हरि भण्डारी सचिव र पाल्हीनन्दनका रामकरण हरिजन कोषाध्यक्ष रहने गरी नौ सदस्यीय  समिति गठन गरिएको छ ।
समितिले जिल्लाभर विशेषगरी औद्योगिक प्रदुषण नियन्त्रण, वृक्षारोपण, प्लास्टिक प्रयोग न्यूनीकरण, नदी तथा सार्वजनिक स्थल सरसफाइ, वातावरणीय सचेतना कार्यक्रम र विद्यालय केन्द्रित अभियान सञ्चालन गर्ने जनाएको छ ।
ऋभियानका संयोजक यादवले जलवायु परिवर्तनका असर पश्चिम नवलपरासीमा पनि देखिन थालेको उल्लेख गर्दै समयमै सचेत नहुने हो भने भविष्य गम्भीर जोखिममा पर्ने चेतावनी दिनुभयो । अभियानमार्फत समुदायस्तरबाटै वातावरण संरक्षणको संस्कार विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लामा ठूलाठूला उद्योग कलकारखाना बढ्दै जाँदा प्रदुषण पनि बढेको तर नियमनकारी निकायहरु दबाब र प्रभावमा पर्दा प्रदुषण नियन्त्रण प्रभावकारी हुन नसकेको बताउँदै संयोजक यादवले अभियानमार्फत सशक्त आवाज उठाउने बताउनुभयो ।
समिति गठनसँगै ‘वातावरण बचाऔँ’ अभियानले छिट्टै जिल्लाका विभिन्न पालिकामा कार्यक्रम विस्तार गर्ने सचिव भण्डारीले बताउनुभयो । स्थानीय तह, नागरिक समाज र आम नागरिकको सहकार्यमा अभियानलाई निरन्तर र परिणाममुखी बनाउने उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस