२०८२ माघ १, बुधबार
24 खबर अपडेट

पाल्हीनन्दनको रम्पुरवा र हरपुरमा रक्त सञ्चार सचेतना

२०८२ माघ १, बुधबार प्रकाशित ( घण्टा अघि) १०८ पाठक संख्या

परासी, ३० पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले सीमावर्ती पाल्हीनन्दन गाउँपालिकाका रम्पुरवा र हरपुरमा रक्त सञ्चार सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ।
स्थानीय समुदायलाई रक्त सञ्चारको महत्व, सुरक्षित रक्तदान, रक्तको आवश्यकता र आपतकालीन अवस्थामा रक्तको उपलब्धताबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । अन्तरक्रियामा रक्तदान गर्दा अपनाउनुपर्ने सावधानी, रक्त सञ्चारका क्रममा हुने जोखिम तथा गलत धारणा हटाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

पाल्हीनन्दन गाउँपालिका वडा नं.१ र २ को सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्त सञ्चार र रक्तदानसम्बन्धी धेरै उपयोगी जानकारी प्राप्त भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले भविष्यमा पनि सीमावर्ती र विशेषगरी हुलाकी सडकदेखि दक्षिणतर्फको क्षेत्रलाई लक्षित गर्दै रक्तदान सचेतना र मानवसेवा सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने सभापति अग्रहरीले बताउनुभएको थियो ।
दुवै वडामा छुट्टाछुट्टै भएको उक्त कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष चुल्हाइ यादव, वडा नं. २ का वडा अध्यक्ष जगदीश गुप्ता, रेडक्रस जिल्ला रक्त सञ्चार केन्द्रका संयोजक एवं उपमन्त्री सुरज केसी,जिल्ला सदस्य एवं विपद व्यवस्थापन संयोजक अर्जुन क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीका अध्यक्ष मोहन पौडेल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको रेडक्रस जिल्ला शाखाका कार्यालय सहायक सन्देश ठाकुरले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस