२०८२ पौष १०, बिहिबार
24 खबर अपडेट

नमूना महिला समाज परासीको पाँचौ अधिवेशन, अध्यक्षमा पौडेल

२०८२ पौष १०, बिहिबार प्रकाशित ( घण्टा अघि) ७२ पाठक संख्या

परासी, १० पुस । नमूना महिला समाज रामग्राम–३ परासीको अध्यक्षमा महिला नेतृ सरिता पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको विहीबार परासीमा सम्पन्न पाँचौ अधिवेशनले पुनः पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति र्निविरोध निर्वाचित गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा गणेशकुमारी चौधरी,सचिवमा कविता ज्ञवाली,सहसचिवमा सरस्वती पाण्डेय र कोषाध्यक्षमा कमला राणा निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यमा विनिता थापा खड्का,नारायणी गड्तौला,भवानी दुवाडी,राधिका पौडेल,भगवती कुमारी पाण्डेय र कोपिला गौतम अर्याल रहनुभएको संस्थाले जनाएको छ ।
संस्थाकी अध्यक्ष पौडेलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका मेयर धनपत यादवले महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक रूपान्तरणमा संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नमूना महिला समाजले स्थानीय महिला संगठित गर्दै नमूना समाज निर्माणमा खेलेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले नगरपालिकाको तर्फबाट महिलामैत्री कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले महिलाको क्षमता विकास, आत्मनिर्भरता, सचेतना अभिवृद्धि तथा सामाजिक न्यायका क्षेत्रमा संस्थाले गर्दै आएको कामबारे जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानूकुमारी खड्का, पृथ्वीचन्द्र अस्प्तालका अध्यक्ष जगदीश चौधरी, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भोजराज बराकोटी, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल, नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरी,मानवअधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष विष्णु थापा लगायतले महिलाको अधिकार, समान सहभागिता, शिक्षा, स्वास्थ्य तथा आर्थिक सशक्तीकरणका विषयमा धारणा राख्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस