२०८२ फागुन २०, बुधबार
24 खबर अपडेट

उजैनीमा दर्ता बिनै स्वास्थ्य क्लिनिक र मिठाइ पसल सञ्चालन, १५ दिनभित्र दर्ता गर्न अल्टिमेटम

२०८२ मंसिर २६, शुक्रबार प्रकाशित ( महिना अघि) ३९३ पाठक संख्या

परासी, २६ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीमा एक स्वास्थ्य क्लिनिक र एक मिष्ठान भण्डार दर्ता बिनै सञ्चालनमा रहेको पाइएको छ ।
भारतीय नागरिकद्वारा सञ्चालित एनदिव्या हेल्थ क्लिनिक दर्ता नगराई सञ्चालनमा रहेको पुष्टि भएपछि १५ दिनभित्र अनिवार्य दर्ता गर्न प्रशासनले अल्टिमेटम दिएको छ। शुक्रबार गरिएको बजार अनुगमनका क्रममा क्लिनिक दर्ता नदेखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारसमेत सहभागी टोलीले गरेको अनुगमनमा सोही स्थानमा रहेको एक मिष्ठान भण्डार पनि दर्ता बिनै सञ्चालनमा रहेको पाइएको उद्यम विकास सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिनुभयो । दुवै पसलका संचालकलाई तोकिएको समयभित्र दर्ता नगरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ।
उजैनीसहित पाल्हीनन्दन गाउँपालिकाको बेलाशपुर र महेशपुर बजारमा गरिएको अनुगमनमा धेरै खाद्यान्न पसलहरूबाट म्याद गुज्रेका खाद्य सामग्री समेत फेला परेको थियो । अनुगमन टोलीले ती अखाद्य वस्तु तत्कालै जफत गरी नष्ट गरेको हो। संयुक्त जिल्ला बजार अनुगमन समितिका अनुसार खाद्यान्न, होटल–रेस्टुरेन्ट, मिठाइ, कपडा लगायतका १४ वटा पसल अनुगमन गरिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस