२०८२ मंसिर २७, शुक्रबार
24 खबर अपडेट

कांग्रेस नवलपरासी–२ द्धारा नेता कँडेलको नाम एकल सिफारिस,समानुपातिक र राष्ट्रियसभामा को को ?

२०८२ मंसिर २६, बिहिबार प्रकाशित ( घण्टा अघि) २९६ पाठक संख्या

परासी, २५ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पश्चिम नवलपरासी क्षेत्र नं.२ बाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल सिफारिस हुनुभएको छ । पूर्वगृहराज्यमन्त्री समेत रहनुभएका नेता कँडेलको नाम कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं.२ ले सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रीय समितिको बुधबार सम्पन्न बैठकले प्रतिनिधिसभा क्षेत्र नं.२ मा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रुपमा नेता कँडेलको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले जानकारी दिनुभयो । सोही क्षेत्रबाट समानुपातिक तर्फ पार्टीका जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ महासमिति सदस्य सुनिता सुवेदी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति अर्जुन कुमार पोखरेल र महिलातर्फ नेतृ चन्दा चौधरीको नाम सिफारिस गरेको क्षेत्रीय सभापति पाण्डेले बताउनुभयो । क्षेत्रीय समितिको बैठकले गरेको सिफारिस जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाइएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस