२०८२ मंसिर ३, मंगलबार
24 खबर अपडेट

नवलपरासीमा कार दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाइते

२०८२ मंसिर २, सोमबार प्रकाशित (0 घण्टा अघि) ६३ पाठक संख्या

परासी, १ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कारका चालक घाइते छन् ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार आफै अनियन्त्रित भई पुलबाट तल सुख्खा खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका कारमा सवार अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ का ८० वर्षीय मणिराम पौडेलको पृथ्वीचन्द्र अस्प्ताल परासीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा कार चालक सोही ठाउँका ४३ वर्षीय हरिशचन्द्र पौडेल घाइते भएकोमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । मृत्तक पौडेल र कार चालक बाबु छोरा हुन् । मृत्तमको शव पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस