२०८२ कार्तिक ३०, शनिबार
24 खबर अपडेट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक पक्राउ

२०८२ कार्तिक २८, बिहिबार प्रकाशित ( दिन अघि) ९७ पाठक संख्या

परासी, २७ कात्तिक । पश्चिम नवलपरासीको सुनवलस्थित द पायनियर इङ्गलिस बोर्डिङ्ग स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयका विद्यार्थीको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएका सोही विद्यालयको कक्षा यूकेजीमा अध्ययनरत ५ वर्षीय बालक शुभम कहाँरको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार विद्यालयबाट सुनवल–६ तिलकानामा बसबाट ओर्लेर मामाघरतर्फ जाने बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा घाइते भएका कँहारको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको मृत्तकका बुबा सन्तोष कँहारले बताउनुभयो । विद्यालयले समयमै घटनाबारे जानकारी नदिँदा तथा अस्पतालमा उपचारमा लापरवाही हुँदा आफ्नो छोराको अकालमा ज्यान गएको कँहारको गुनासो थियो ।
ठक्कर दिने विद्यालयको लु १ ख २६६९ नम्बरको बस र चालक सुनवल–३ का ५२ वर्षीय गोपाल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो । पक्राउ परेका परियारलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस