२०८३ कार्तिक १२, बुधबार
24 खबर अपडेट

लोक तथा दोहारी गीत प्रतिष्ठान नवलपरासीमा नयाँ नेतृत्व, अध्यक्षमा पराजुली

२०८२ कार्तिक २३, आईतबार प्रकाशित (११ महिना अघि) ७३६ पाठक संख्या

परासी, २३ कात्तिक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को अध्यक्षमा रमेश पराजुली निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको २० औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित जिल्ला समितिको प्रथम उपाध्यक्षमा भरत कामु मगर,द्धितीय उपाध्यक्षमा सोमप्रसाद पौडेल, महिला उपाध्यक्षमा तारा सुनार, सचिवमा भविश्वर चापागाई र कोषाध्यक्षमा दीपा शाही, सहसचिवमा बलबहादुर थापा र सहकोषाध्यक्षमा राधा केसी रहनुभएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका पूर्व अध्यक्ष भरत क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला सदस्यमा विजय गुप्ता तेली,सिता रजाली मगर,नारायण भुर्तेल,नवीन सुनार,छविलाल भुसाल,लोकबहादुर मिजार,जुना कुमारी कँडेल,हरि बहादुर रसाइली,कुल निधी पाण्डे,विष्णु भट्टराई,ज्योति लाल सुनार,जानकी अर्याल रहनुभएको छ ।
प्रतिष्ठानकी निवर्तमान जिल्ला अध्यक्ष श्यामकला भण्डारीको अध्यक्षता तथा पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशन भूमहीमा सम्पन्न भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑