२०८२ कार्तिक ११, सोमबार
24 खबर अपडेट

नवलपरासीका १७३ स्थानबाट दिइयो अस्ताउँदो सूर्यलाई अर्घ

२०८२ कार्तिक ११, सोमबार प्रकाशित ( घण्टा अघि) १५५ पाठक संख्या

मोहन पौडेल
परासी, १० कात्तिक । छठ पर्वको मूख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर नवलपरासीमा हर्साेल्लासका साथ मनाइएको छ ।

छठ पुजाका लागि पश्चिम नवलपरासीका सात स्थानीय तहमा बनाइएका १ सय ७३ छठ घाटबाट श्रद्धालु भक्तजनले बाक्लो उपस्थितिमा एकैसाथ अस्ताउँदो सूर्यलाई धुमधामका साथ अर्घ दिएका हुन् ।
छठ पुजाका लागि जिल्लामा निर्माण गरिएका सबै छठ घाटलाई बेहुली झैँ सिंगारेर चिटिक्क पारिएको छ ।

लोक अस्थाको पर्व छठलाई परासीमा श्रद्धा र निष्ठापूवर्क मनाइएको हो । भोली मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ पर्वको समापन हुनेछ ।
सदरमुकाम परासीको झरही नदी किनारसहित जिल्लाका विभिन्न नदी, तलाउ तथा जलाशयमा व्रतालुको घुइँचो लागेको थियो । जिल्लाका सबै छठ घाटमा शान्तपूर्वक र उल्लासमय वातावरणमा छठ पुजा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले दैनिक ट्वान्टीफोर खबर अनलाइनलाई जानकारी दिनुभयो ।
छठ पुजालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो । जिल्लाको अन्य स्थानमा भन्दा विशेषगरी रामग्राम नगरपालिकाको परासी र देवगाव, बर्दघाटको जमुनाबारी, सुनवलको हरकट्टा, प्रतापपुरको गण्डक नहर तटमा बनाइएको छठ घाटमा दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो ।
ती स्थलमा दुई हजार बढी श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको बताइएको छ । छठ मनाउँदा दुःखबाट मुक्ति,सन्तान प्राप्ति,चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने व्रतालुहरुको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस