२०८२ कार्तिक ४, सोमबार
24 खबर अपडेट

रेडक्रसद्धारा सम्भावित महामारी रोकथामका लागि स्वास्थ्यकर्मीलाई समुदायमा आधारित निगरानी तालिम

२०८२ कार्तिक ४, सोमबार प्रकाशित ( घण्टा अघि) ८६ पाठक संख्या

मोहन पौडेल
परासी, ३ कात्तिक । जलवायु परिवर्तनका कारण समुदायमा देखा पर्ने सम्भावित महामारीजन्य रोगहरुको निगरानी गरी समयमै रोकथामको पहल गर्न नेपाल रेडक्रस सोसाइटी नवलपरासीले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ ।
जलवायु परिवर्तनका कारण देखिने स्वास्थ्य चुनौती, रोगको प्रारम्भिक पहिचान,रोकथाम र प्रतिकार्य प्रणालीलाई सुदृढीकरण गर्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।
“हामीले कोरोना महामारी भोगिसकेका छौँ, आगामी दिनमा पनि यस्ता महामारीको सम्भावना हुँदैन् भन्ने छैन्,समस्या आएपछि जुध्नुभन्दा पनि समस्या नै आउन नदिनु हाम्रो प्रयास हो, कुनै नयाँ रोगका लक्षण देखिएमा सुरुवातमै पहिचान गरी नियन्त्रण गर्न सक्यौँ भने ठूलो क्षति व्यहोर्नु पर्र्दैन्,त्यसकारण हामी सरकारसँगैको सहकार्यमा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिा लागेका हौँ”, उहाँले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले सञ्चालन गरिरहेको जलवायु सहनशील स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्र्तगत सञ्चालित समुदायमा आधारित निगरानी तालिममा जिल्लाको रामग्राम नगरपालिका, सरावल र सुस्ता गाउँपालिकाका स्वास्थ्य चौकी इन्चार्जहरुको सहभागिता थियो ।
नेपाल सरकार, स्वास्थ्य सेवा विभागले समुदायमा कुनै नयाँ रोगका लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थाले सिधै स्वास्थ्य सेवा विभागमा रिर्पाेटिङ गर्ने प्रणालीको विकास गरेको र विभागले पनि तत्कालै त्यसको अनुन्धान गरी रोग नियन्त्रण गर्न सहज हुने भएकोले तालिम मार्फत स्वास्थ्यकर्मीहरुलाई निगरानीमा जोड दिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक दीपक पोखरेलले बताउनुभयो । रोगको प्रारम्भिक चरणमै पहिचान गरी महामारीको रुपमा फैलिन नदिनु नै मूख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
शनिबार र आइतबार सुनवल–२ स्थित रिवर्न होटलमा तालिम सञ्चालन गरिएको थियो । रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रशिक्षक हेमराज पाण्डेय,प्रशिक्षार्थी अशोक पाण्डे, परियोजनाका संयोजक अनुप खड्का लगायतले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न जोड दिनुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस