२०८२ कार्तिक ३, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

२०८२ कार्तिक ३, आईतबार प्रकाशित ( घण्टा अघि) १०७ पाठक संख्या

मोहन पौडेल
परासी, २ कात्तिक । पश्चिम नवलपरासीमा राति नौ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले आज एक विज्ञप्ति जारी गर्दै तिहारमा राति ९ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीद्धारा जारी विज्ञप्तिमा तिहार,नेपाल सम्वत, छठ लगायतका चाडपर्व मनाउँदा शान्ति सुरक्षामा असर नपार्ने गरी मनाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “चाडपर्वको समयमा दियो, मैनवत्ती,पाला एवं विद्युतीय उपकरणहरु बालेर दीपावली मनाउँदा आगलागि जस्ता विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी पूर्ण रुपमा सजगता अपनाउन र देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म गर्नु गराउनुहुन अनुरोध छ ।”
जिल्ला प्रशासनले पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल पार्ने कानून विपरितका कार्यहरु नगर्न र अटेरी गरी कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
जुवातास,लंगुरबुर्जा खेल्न, पटकाजन्य विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग ओसारपसार, विक्रीवितरण गर्ने कार्यमा प्रतिबन्ध लगाइएको छ भने अखाद्य रंग मिलाएको मिठाइ,अस्वस्थ र गुणस्तरहीन खाद्य पदार्थहरुको विक्री वितरण तथा उपभोग नगर्न प्रशासनले जिल्लावासीलाई सचेत गराएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस