२०८३ कार्तिक १२, बुधबार
24 खबर अपडेट

लेखापढी कानून व्यवसायी एसोसिएसनको ३१ औँ स्थापना दिवसमा नवलपरासीमा दीप प्रज्वलन

२०८२ आश्विन २८, मंगलबार प्रकाशित (१ साल अघि) ५७३ पाठक संख्या

परासी, २८ असोज । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको ३१ औँ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासी शाखाले दीप प्रज्ज्वलन गरेको छ । परासीस्थित जिल्ला कार्य समितिको कार्यालय परिसरमा आज साँझ दिप प्रज्ज्वलन गरी स्थापना दिवस मनाइएको हो ।
उक्त अवसरमा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले विगत तीन दशकदेखि लेखापढी कानून व्यवसायीहरुको पेशागत अधिकार,मर्यादा र सीप विकासमा निरन्तर क्रियाशील रहेको बताउँदै थप संस्थागत विकास तथा सुदृढीकरणका लागि शुभकामना व्यक्त गर्नुभयो ।
जेनजी आन्दोलनको सन्देशलाई मध्यनजर गर्दै लेखापढी कानून व्यवसायलाई थप मर्यादीत, विश्वसनीय र जवाफदेही पेशाको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको भन्दै उपाध्यक्ष क्षेत्रीले सबै व्यवसायीलाई ईमान्दारीतापूर्वक सेवा गर्न आग्रह गर्नुभयो ।
एसोसिएसनका जिल्ला सचिव गणेश रेग्मीेले मालपोत,नापी लगायतका जग्गा प्रशासनिक क्षेत्र र अर्धन्यायिक निकायको मातहतमा रहेर लेखापढी व्यवसायीले अनुशासन र पारदर्शी ढंगले सेवा प्रदान गर्दै आएको बताउनुभयो । छरिएर रहेका लेखापढी व्यवसायीलाई संगठीत गर्दै संस्थाले पेशागत दक्षता अभिवृद्धिका कामहरु समेत गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष ऋषि भट्टराईले लेखापढी व्यवसायमा चुनौतीहरु थपिँदै गएको भन्दै इमान्दारीता र जवाफदेही ढंगबाट व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन वि.स.२०५२ सालमा स्थापना भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑