२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

मुलुक शोकमा रहेको भन्दै पूर्व गृहराज्यमन्त्री कँडेलले यसपालि शुभेच्छुकलाई टीका नलगाउने

२०८२ आश्विन १४, मंगलबार प्रकाशित ( हफ्ता अघि) १८७ पाठक संख्या

मोहन पौडेल
परासी, १४ असोज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले विजया दशमीको अवसरमा शुभेच्छुकलाई टीका तथा जमरा लगाउने कार्यक्रम यो वर्ष नगर्ने बताउनुभएको छ ।
सोमबार दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्र्दै जेनजी आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाएको भन्दै नेता कँडेलले पारिवारिक र सांस्कृतिक रुपमा मात्र दसैँ मनाउने कार्यक्रम तय गरिएको उहाँको सचिवालयले जानकारी दिएको हो ।
जेनजी पुस्ताका युवाहरुको प्रदर्शनपछि मुलुक विषम परिस्थितिमा ग्रुजिँदै शोकमा रहेका कारण विगतमा जस्तो पार्टीका नेता,कार्यकर्ता एवं शुभेच्छुकहरुलाई यो वर्षको टीका जमरा प्रदान गर्ने कार्यक्रम नराखिएको शुभकामना सन्देशमा प्रस्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थामा देश आफैमा विषम परिस्थितिमा रहेको,परिवर्तनका लागि सपुतहरुको बलिदानी बाट पुरै देशनै शोकमा रहेको अवस्थामा संस्कृतिको पर्याय एवं पारम्परिक रुपमा मनाइने महान पर्व बडा दशैलाई यस वर्ष बिगतका बर्षहरुमा जस्तो पार्टी नेता,कार्यकर्ता एवं शुभेच्छुकहरुबीच शुभकामना आदान प्रदान,प्रसाद ग्रहण तथा टीका जमरा ग्रहण लगायतका कार्यक्रमहरु नरहने व्यहोरा अनुरोध गर्दछौँ”
२०८२ सालको दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सबै देशवासीमा शुभकामना व्यक्त गर्दै नेता कँडेलले सुख, शान्ति र समृद्धि एवं पाल्ही कोटकी काली भगवति मातासँग सम्पुर्णमा कृपा प्रदान होस भनी प्रार्थना गर्नुभएको उहाँका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।
नेता कँडेलले भाद्र २३ र २४ गते जेन–जी पुस्ताका युवाहरुद्वारा गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलनका क्रममा आन्दोलनरत विद्यार्थी, युवा तथा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ज्यान गुमाएको घटनाले निकै पीडा र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।
घटनामा सहादत प्राप्त सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गदैै घाइतेको उपचारप्रति थप गम्भीरता अपनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
विभिन्न समयमा भएका परिवर्तनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समयानुसार हरेक तह तप्का,समाज र राजनीतिक दलहरुमा सचेतना ल्याई युवा पुस्ता तथा समाजको जनभावनालाई आत्मसाथ गरि समृद्ध,सुशासित राष्ट्र निर्माण आजको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभएको छ, “शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा देशका ऐतिहासिक सम्पदा र सार्वजनिक तथा निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी जस्ता घटनाले हामी सबै देशप्रेमी नेपालीलाई दुःखी र चिन्तित बनाएको छ।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस