२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

नागरिक समाज पश्चिम नवलपरासीको अध्यक्षमा गौड

२०८२ आश्विन ४, शनिबार प्रकाशित ( हफ्ता अघि) ५७९ पाठक संख्या

परासी, ४ असोज । नागरिक समाज जिल्ला समिति पश्चिम नवलपरासीको अध्यक्षमा बेचु गौड चयन हुनुभएको छ । शनिबार परासीमा आयोजित नागरिक भेलाबाट पत्रकार गौडको नेतृत्वमा नागरिक समाजको पुनःगठन गरिएको हो ।
यसअघि नागरिक समाज नवलपरासीको उपाध्यक्ष रहनुभएका गौड पत्रकारिता तथा सामाजिक अभियान्ताको रुपमा परिचित हुनुहुन्छ । यसैगरी नवगठित समाजको उपाध्यक्षमा अमरचन्द अग्रवाल, सचिवमा अनिल अग्रहरी रहनुभएको छ । सदस्यमा इन्द्र रेग्मी(सुनवल), रामकरण हरिजन(पाल्हीनन्दन) लगायत रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै संविधानसभा सदस्य चिनक कुर्मीले सुशासन र भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजले खरो खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाज र राष्ट्रलाई सही बाटोमा हिँड्न प्रेरणा दिने,जनताको प्रतिनिधित्व गर्दै नागरिकका जल्दाबल्दा समस्याहरु समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने कार्यमा नयाँ समितिलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
नागरिक समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले राज्यमा सुशासन कायम गराउनु नागरिक समाजको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। नागरिक सरोकारका विषयमा जनतालाई जागरुक गराइ सरकारलाई खबरदारी गर्ने, भ्रष्टाचार,विकृति, विसंगति नियन्त्रणमा नागरिक समाजले जिल्लामा विगतमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै ज्ञवालीले आगामी दिनमा नागरिक समाजको भूमिका थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्यायले वर्तमान समयमा नागरिक समाजको भूमिका बढ्दै गएको बताउँदै समुन्नत, शान्त र सुशासनयुक्त समाज निर्माणमा टेवा पुर्याउन जोड दिनुभयो । भेलामा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, उद्योगी,व्यवसायी,समाजसेवी, सञ्चारकर्मी,पूर्व जनप्रतिनिधि, नागरिक समाजका पूर्व पदाधिकारीहरु लगायतको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस