२०८२ भाद्र २४, मंगलबार
24 खबर अपडेट

मधेसी मोर्चा नवलपरासीद्धारा जेन–जी आन्दोलनमा भएको दमनप्रति गम्भीर ध्यानाकर्षण

२०८२ भाद्र २३, सोमबार प्रकाशित ( घण्टा अघि) १८६ पाठक संख्या

परासी, २३ भदौ । जेन–जी युवाहरुले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका घटनाप्रति संघीय लोकतान्त्रिक मोर्चा नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाले आज एक संयुक्त विज्ञप्ति जारी गरी नव युवा पुस्ताको विरोध कार्यक्रममा भएको मानवीय क्षति तथा अनियन्त्रणको अवस्थाप्रति दुःख व्यक्त गरेको हो । मोर्चाले आन्दोलनमा भएको सरकारी दमनको घोर विरोध जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक गणतन्त्र नेपालमा सबै उमेर समूह, समुदाय, क्षेत्र, आस्था र विचारलाई सम्मान गर्ने कार्य सबैको कर्तव्य हो । आफ्ना अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने गरी उपयोग गर्नु हुँदैन । राज्य र प्रदर्शनकारी दुवै पक्षले संयमता अपनाई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।”
विज्ञप्तिमा प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ ।
संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी,नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी र जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेयको हस्ताक्षर रहेको छ ।

Mo

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस