२०८३ श्रावण १८, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीको वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान

२०८२ भाद्र २२, आईतबार प्रकाशित (0 महिना अघि) ५०५ पाठक संख्या

मोहन पौडेल
परासी, २२ भदौ । पश्चिम नवलपरासी जिल्लाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक समिक्षा तथा स्थानीय तहको असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा आज परासीमा भएको उक्त कार्यक्रममा जिसस, जिल्लाका सबै स्थानीय तह तथा संघ र प्रदेश मातहतका विषयगत सरकारी कार्यालयहरु गरी २० वटा निकायले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्लामा सञ्चालित योजनाहरुको सन्तुलन कायम गर्न, एक अर्काका असल अभ्यास अनुशरण गर्न तथा समस्याहरुको मिलेर समाधान गर्न आपसी समन्वय र सहकार्य गर्ने उद्देश्यले वार्षिक समिक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । संविधानले नै जिससलाई समन्वय र सहकार्य गर्ने अधिकार दिएकोले जिल्लामा सञ्चालित योजनाहरुलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिले भूमिका खेल्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिनसभा सदस्य एवं पूर्वमन्त्री धु्रबबहादुर प्रधानले जिल्लाको विकासमा सबै जनप्रतिनिध एकमतका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा जुनसुकै दलबाट निर्वाचित भएर आएपनि आपसी समन्वय र सहकार्यबाट जिल्लाको विकासमा लाग्न सकेमात्र लक्ष्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।
सांसद प्रधानले स्थानीय तहले एकअर्काका असल अभ्यासको अनुशरण गर्दै जनताका प्रत्यक्ष सरोकारका क्षेत्रमा विशेष जोड दिएर विकास गर्न सुझाव पनि दिनुभयो । बजेट कसले कसरी ल्यायो भनेर जस लिने होडबाजीलाई त्यागेर कसरी धेरै बजेट र योजना ल्याउने भन्नेमा लाग्न उहँको जोड थियो।
उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य द्धय खड्ग बस्नेत, बैजनाथ जयसवाल, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस