२०८२ भाद्र १७, मंगलबार
24 खबर अपडेट

नवलपरासीमा तीन दिनसम्म धूमधामका साथ मोहम्मद जयन्ती मनाइँदै

२०८२ भाद्र १७, मंगलबार प्रकाशित ( घण्टा अघि) १६१ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १५०० औँ जन्म जयन्ती पश्चिम नवलपरासीमा भव्यताका साथ मनाइने भएको छ । मोहम्मद जयन्ती नजिकँदै जाँदा यहाँका मुस्लिम समुदाय बृहत र्याली, शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउने तयारीमा जुटेका हुन् ।
नवलपरासीमा तीन दिनसम्म हर्षाेल्लासका साथ मोहमम्द जयन्ती मनाउन लागिएको ओल्मा फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष सैदय गुलाम हुसैनले जानकारी दिनुभयो । परासी प्रेस क्लबले सोमबार परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष हुसैनले यस वर्ष भदौ २० गते मनाइने मोहम्मद जयन्तीलाई धुमधामका साथ मनाउन विभिन्न सामाजिक कार्यक्रमहरु समेत तय गरि तयारी थालिएको बताउनुभयो ।
उहाँका अनुसार ओल्मा फाउण्डेसन नेपाल र जिल्ला मदरसा,मस्जिद, कब्रस्तान संरक्षण समितिको आयोजनामा भदौ १८ गते परासी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनेछ भने १९ गते विहान बुद्धचोकमा रक्तदान र साँझ शान्तिको कामना गर्दै पन्ध्र सय दीपप्रज्वलन, २० गते विहान पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण र दिउँसो बृहत र्यालीसहित खुशीयालीका साथ मोहम्मद जयन्ती मनाइँदैछ ।
भदौ २० गते रामग्राम–१२ बाट शुरु हुने बृहत र्यालीमा जिल्लाभरबाट करिब ५ हजारको संख्यामा मुस्लिम समुदायको सहभागिता रहने जिल्ला मदरसा,मस्सिद,कब्रस्थान संरक्षण समितिका अध्यक्ष अमिरुल्लाह मियाले जानकारी दिनुभयो । र्यालीलाई मर्यादीत र व्यवस्थित गर्न एक हजार स्वयमसेवक युवाहरु खटाइने उहाँले बताउनुभयो ।
समितिका उपाध्यक्ष काशिद अलिका अनुसार मोहम्मदको जन्म ईस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा भएको थियो । यो दिवसले मुस्लिम समुदायलाई एकताको सुत्रमा बाँध्नुको साथै भाइचाराको सम्बन्ध कायम गर्ने अलिले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस