२०८२ माघ २२, बुधबार
24 खबर अपडेट

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

२०८२ भाद्र १०, मंगलबार प्रकाशित ( महिना अघि) ३१३ पाठक संख्या

 भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।

हिजोको दरको भरमा आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ। पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ।

आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ।नवलपरासीको बाबा बर्दगोरिया धाममा आज विशेष मेला लाग्दै छ ।

आज तीजको अवसरमा देशभर महिला कर्मचारीलाई मात्र बिदा दिइएको छ भने लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस