२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सुस्ता पहिलो बन्दा रामग्राम जिल्लामै कमजोर

२०८२ भाद्र ९, सोमबार प्रकाशित (0 घण्टा अघि) १५९ पाठक संख्या

मोहन पौडेल
परासी, ९ भदौ । पश्चिम नवलपरासीको सबैभन्दा पूरानो र सदरमुकाममा अवस्थित रामग्राम नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा)को नतिजामा जिल्लामै कमजोर देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणसहितको नतिजा अनुसार ७२.५० अंक प्राप्त गरेको रामग्राम नगरपालिका जिल्लाका सात स्थानीय तहमध्ये सबैभन्दा पछाडि परेको हो ।
उक्त नतिजा अनुसार पश्चिम नवलपरासीमा ८७.२५ अंकसहित सुस्ता गाउँपालिका पहिलो,८५.२५ अंकसहित प्रतापपुर गाउँपालिका दोस्रो,८१.५० अंकसहित सरावल गाउँपालिका तेस्रो तथा ८१ अंकसहित सुनवल नगरपालिका चौथो भएको छ । ७९.२५ अंकसहित बर्दघाट नगरपालिका पाँचौ र ७२.५० अंकसहित रामग्राम अन्तिममा रहेको छ भने पाल्हीनन्दन गाउँपालिकाको विवरण सार्वजनिक गरिएको छैन् ।
मन्त्रालयका अनुसार विभिन्न दश शीर्षकमा स्थानीय तहको स्वमूल्यांकन गरिन्छ । जिल्लामै पहिलो भएको सुस्ता गाउँपालिकाले शासकीय प्रबन्धमा ९, सगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १३.५०, न्यायीक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५०, सामाजिक समावेशीकरणमा ९.५०, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ तथा सहकार्य र समन्वयमा ५ अंक प्राप्त गरेको छ ।
जिल्लामै कमजोर देखिएको रामग्राम नगरपालिकाले शासकीय प्रबन्धमा ९, सगठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५०, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०.७५,सेवा प्रवाहमा १२, न्यायीक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७, सामाजिक समावेशीकरणमा ३.५०, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ३.५० तथा सहकार्य र समन्वयमा ५.५० अंक प्राप्त गरेको छ ।

Lisa

स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वमूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समिक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने काम गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस