२०८२ भाद्र ५, बिहिबार
24 खबर अपडेट

पौडेलको सम्झनामा दिप प्रज्वलन

२०८२ भाद्र ५, बिहिबार प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

दुम्किबास ,४ भाद्र । सामाजिक तथा राजनीतिक व्यक्ति स्वर्गीय गाेमा पाैडेलकाे सम्झनामा दुम्किबास, सर्दि र त्रिवेणीमा बुधबार एकैसाथ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले स्व.पाैडेलकाे आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका थिए ।
उनिहरुले हत्यारा श्रीमानलाई हदैसम्म कारबाहिकाे माग गर्दै आगामी दिनमा कुनै पनि महिलाले हिंसाका कारण ज्यान गुमाउनु नपराेस् भनी कामना गरेका थिए ।
सर्दिमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारले महिलामाथिकाे हिंसा मानव अधिकार विरुद्धको कार्य भएको बताउनु भयाे । उहाँले यसकाे अन्त्यका लागि सबैले आ-आफ्नाे ठाउँबाट पहल गर्नुपर्नेमा जाेड दिनुभयाे ।
दुम्किबासमा भएको कार्यक्रममा पत्रकार शान्ति बि.क.ले महिलाहरु घरभित्रै र आफ्ना श्रीमानबाटै असुरक्षित रहेकाेमा दुख व्यक्त गर्दै स्व.गाेमा पाैडेलकाे हत्यारा श्रीमानलाई कानुन बमोजिम कारबाही गर्न माग गर्नुभयाे ।
उहाँले घरेलु हिंसाकाे परिणाम भयावह हुने भन्दै टाेलस्तरमा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन  गर्न सम्बन्धित सबैमा अनुरोध गर्नुभयाे ।

त्रिवेणीमा भएको कार्यक्रममा हिंसामुक्त अभियान समिति वडा नं.६ का अध्यक्ष भागिरथा घर्तिले स्व.गाेमा पाैडेलकाे क्रुरतापुर्वक गरिएकाे हत्याकाे भ्रत्सना गर्नुभयाे ।
उहाले याे वा त्याे बहानामा हत्यारा श्रीमानलाई सजायमा छुट दिए विनयि त्रिवेणी गाउँपालिकाका महिलाहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयाे ।
स्व. गाेमा पाैडेलकाे न्यायका लागि गठित संर्घष समितिकाे आयाेजनामा दिप प्रज्वलन कार्यक्रम भएको हाे । समितिले भाद्र ६ गते जिल्ला प्रशासन कार्यालय, नवलपुर मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछ ।
पुर्व जनप्रतिनिधि, विनयि त्रिवेणी गाउँपालिका शिक्षा समिति सदस्य, अनेम संघ विनयी त्रिवेणी गाउँपालिका  अध्यक्ष, वेनि महिला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार, ग्रिन फाउन्डेसन अफ नेपाल, नवलपुरका उपाध्यक्ष लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा  सक्रिय गाेमा पाैडेलकाे गत श्रावण ३० गते घर नजिकै श्रीमान महेन्द्र पाैडेलले छुरा प्रहार गरि हत्या गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस