२०८२ श्रावण ३१, शुक्रबार
24 खबर अपडेट

परासीमा १०० शैय्याको अस्पताल सञ्चालका लागि सार्वजनिक सुनुवाइ

२०८२ श्रावण ३१, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४११ पाठक संख्या

मोहन पौडेल
परासी,३० साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा १०० शैय्याको अस्पताल सञ्चालनका लागि सार्वजनिक सुनुवाई गरिएको छ ।
परासीस्थित रामग्राम- ३ बुद्धचोक नजिकै निजी क्षेत्रबाट सञ्चालित एभरग्रीन हस्पिटल प्रालिले सय शैय्या अस्पताल सञ्चालनका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण(आइईई) प्रतिवेदन तयार पार्ने प्रक्रिया अन्र्तगत शुक्रबार अस्पताल परिसरमा आयोजना गरेको सुनुवाईमा जनप्रतिनिधि,स्थानीय तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
उक्त अवसरमा अस्पताल सञ्चालनबाट हुने सम्भावित वातावरणीय असर र न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो । लुम्बिनी एग्रो इन्भारोमेन्ट ल्याब प्रालि भूमहीले प्राविधिक सहयोग गरेको उक्त सुनुवाइमा सहभागिहरुले अस्पतालबाट उत्पन्न हुने फोहोरमैलाको व्यवस्थापन तथा निर्मुलीकरणमा ध्यान दिन र स्थानीयलाइ रोजगारीमा प्राथमिकता दिन जोड दिएको ल्याबका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।

2

परासीमा सबै प्रकारका विशेषज्ञ चिकित्सकसहितको सुविधासम्पन्न स्वास्थ्य उपचार सेवा दिने अस्पतालको अभाव खड्कीरहेको सन्दर्भमा एभरग्रीन अस्पताल पूर्ण सञ्चालनमा आएपछि स्वास्थ्य उपचार सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेमा सहभागिहरुले विश्वास लिएका थिए ।

अस्पतालका सञ्चालक बलिराम कोइरीले अस्पतालको पूर्ण संरचना निर्माण भइ सय शैय्यामा सञ्चालन हुन करिब तीन वर्ष लाग्ने र त्यसका लागि रु ६ करोड लागत अनुमान गरिएको बताउनुभयो । पश्चिम नवलपरासीसहित रुपन्देहीका केही भाग र भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने यस अस्पताललाई एकाडेमिक कलेजसहित सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष बुन्नालाल गुप्ता,नागरिक समाजका कार्यबाहक अध्यक्ष बेचु गौड,पूर्व अध्यक्षहरु शम्भु उपाध्याय, राधेश्याम सिंह सैथवार,नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्याक्ष अर्जुन क्षेत्री,मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम कुमार बस्याल,नेपाल स्वयमसेवी रक्तदाता समाज तथा परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेल,समाजसेवी अनिल अग्रहरी लगायतले विभिन्न सुझावहरु व्यक्त गर्नुभएको थियो ।

3

अस्पतालकी अध्यक्ष राधा कोइरीका अनुसार अस्पतालले हाल २४ औँ घण्टा चिकित्सकद्धारा आकस्मिक सेवा,प्रसुती,बिरामी भर्ना,अत्याधुनिक प्रयोगशाला,डिजिटल एक्सरे,भिडिओ एक्सरे,मुटुको जाँच ईसिजी,सामान्य तथा जटिल शल्यक्रिया,औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिरहेको छ भने ओपिडी अन्र्तगत विशेषज्ञद्धारा हाड जोर्नी,नशा तथा ढाड रोग,छाती,मुटु,सुगर,मृगौला,थाइरोइड,पेट रोगको उपचार,जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा,महिला तथा प्रसुती रोग,नवजात तथा बालरोग,छाला, यौन तथा कुष्ठरोग,रेडियोलोजी, जनरल फिजिसियन,एनेस्थेसियोलोजिष्ट तथा पेन फिजिसिएन विशेषज्ञ सेवाहरु प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।

4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस