२०८२ कार्तिक ३, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीजले दियो युवालाई स्वरोजगार र उद्यमशीलता विषयक तालिम

२०८२ श्रावण २९, बुधबार प्रकाशित ( महिना अघि) २७४ पाठक संख्या

परासी, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रामग्राम जेसीजले स्वरोजगार र उद्यमशीलताको बाटो विषयक युवा लक्षित तालिम सञ्चालन गरेको छ । परासीस्थित रामग्राम टे«निङ सेन्टरमा मंगलबार आयोजित तालिममा जेसीजमा आवद्ध युवाहरुको सहभागिता थियो ।
युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न र उद्यमशिलतातर्फ उत्प्रेरित गर्न तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष विष्णुराज रावले बताउनुभयो । तालिममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले देशमै रोजगारी र उद्यमका सम्भावनाहरु रहेको बताउँदै सीपमार्फत अघि बढ्न आग्रह गर्नुभयो । उद्यममा लाग्न चाहने युवालाई नगरपालिकाले आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै मेयर यादवले उद्यमी युवा नै मुलुकको समृद्धिका संवाहक भएको उल्लेख गर्नुभयो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीजबाट प्रयाप्त अवसर लिएर आफ्नो जीवन रुपान्तरण गर्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।
रामग्राम जेसीजका अध्यक्ष रावको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, निवर्तमान अध्यक्ष मोहन पौडेल, पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष प्रिती अग्रहरी,कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका कार्यकारी उपाध्यक्ष मुकेश नारायण लोनिया, कार्यकारी उपाध्यक्ष उमेश कोंहार लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको रामग्राम जेसीजका महासचिव पुरुषोत्तम तिवारीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस