२०८२ श्रावण ३०, बिहिबार
24 खबर अपडेट

प्रतापपुरको बेलाटारीमा रक्तदान कार्यक्रम सम्पन्न

२०८२ श्रावण २९, बुधबार प्रकाशित ( दिन अघि) ८३ पाठक संख्या

परासी, २८ साउन । पश्चिमन नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन क्याम्पसमा भएको उक्त कार्यक्रममा १५ यूनिट रगत संकलन भएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजना,त्रिभुवन क्याम्पस बेलाटारीको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ग्रामीण क्षेत्रमा रक्तदाता उत्पादन गर्न र रक्तदानप्रति रहेको भ्रम चिर्न कार्यक्रम फलदायी बनेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो ।
त्रिभुवन क्याम्पस बेलाटारीका अध्यक्ष अमुल पाण्डेको अध्यक्षता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, लुम्बिनी प्रदेश कोषाध्यक्ष हैदरअलि मोमिन,रक्त सञ्चार संयोजक सुरज केसी,नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेल,स्ववियु सभापति आदित्य पालसहित संघका पदाधिकारी,क्याम्पसका पदाधिकारी तथा विद्यार्थी लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस