२०८३ अषाढ ४, बिहिबार
24 खबर अपडेट

जन्मोत्सवमा दृष्टिविहीन बालबालिकासँग खुशी साटासाट

२०८२ श्रावण २६, सोमबार प्रकाशित (0 महिना अघि) ४५७ पाठक संख्या

परासी, २६ साउन । मदन भण्डारी फाउण्डेसन नवलपरासीका अध्यक्ष श्याम कुमार बस्यालले दृष्टिविहीन बालबालिकासँग खुशी साटासाट गरी आफ्नो जन्मोत्सव मनाउनुभएको छ ।
आइतबार साँझ परासीस्थित आदर्श माविमा सञ्चालित दृष्टिविहीन छात्रावासमा पुगि अध्यक्ष बस्यालले छात्रावासमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई केक तथा खाना खुवाएर खुशी साटासाट गर्नुभएको हो ।

S2

मदन भण्डारी फाण्डेसन नवलपरासी र रामग्राम जेसीजले उक्त अवसर जुराएका थिए । बस्याल रामग्राम जेसीजका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । आफ्नो जन्मदिनलाई परोपकारी भावनासँग जोड्ने प्रयास गरेको बताउँदै बस्यालले बालबालिकाहरुसँग रमाउँदा आफूले छुट्टै आनन्द महशुस भएको बताउनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष विष्णुराज रावको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला सदस्य थानप्रसाद गैरे, आदर्श मावि परासीका अध्यक्ष लक्ष्मण यादव, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष मोहन पौडेल, पूर्व अध्यक्ष यमकुमारी सुवेदी लगायतले जन्मोत्सवको अवसरमा परोपकारी काम गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस