२०८३ अषाढ ४, बिहिबार
24 खबर अपडेट

सुनवलमा बन्यो नयाँ शैक्षिक समूह, पहिलो कार्यक्रम शिक्षक प्रशिक्षण

२०८२ श्रावण ११, आईतबार प्रकाशित (0 महिना अघि) ८२५ पाठक संख्या

मोहन पौडेल
परासी, ११ साउन । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित पश्चिम नवलपरासीको सुनवलमा विभिन्न निजी विद्यालयहरु मिलेर नयाँ शैक्षिक समूह बनाइएको छ । एड्युब्रिज एलायन्स (शैक्षिक सहकार्य समूह) नाम दिइएको यस समूहमा हाल सुनवल नगरपालिका भित्र सञ्चालित आधा दर्जन निजी विद्यालय आवद्ध भएका छन् ।
शिक्षामा नवीनता,पारदर्शिता र गुणस्तरीय स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्य सहित शैक्षिक सहकार्य समूहको शुरुवात गरिएको साकुँरा मेमोरियल बोर्डिङ स्कुल सुनवलका प्रिन्सिपल सुमित पाठकले बताउनुभयो । “निजी विद्यालयहरुबीच आपसी समन्वय र सहकार्यबाट सहयोगी सम्बन्ध कायम गर्र्र्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।
समूहले प्रभावकारी शिक्षण सिकाइ,तालिम,स्वस्थ प्रतिस्पर्धा तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै निजी विद्यालयहरुको हकहितमा काम गर्ने जनाएको छ । समूहमा थप विद्यालयहरुलाई समेत आबद्ध गरी केही दिनमै समिति गठन गरिने पाठकले उल्लेख गर्नुभयो ।
यसैबीच शैक्षिक सहकार्य समूहले आफ्नो पहिलो कार्यक्रमको रुपमा शनिबार उक्त समूहमा आवद्ध निजी विद्यालयका आधारभूत तहका शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम गरेको छ । शिक्षकहरुलाई उत्पे्ररित गर्दै शिक्षण कार्यलाई प्रभावकारी बनाउन उक्त तालिम सञ्चालन गरिएको द पायनियर सेकेण्डरी बोर्डिङ स्कुल सुनवलका प्रिन्सिपल कृष्णप्रसाद शर्माले बताउनुभयो ।
प्रशिक्षक मनिष देव मिश्राको प्रशिक्षण रहेको उक्त तालिममा ६ वटा निजी विद्यालयका ७० बढी शिक्षकहरुको सहभागिता थियो ।उक्त तालिममा आधुनिक शिक्षण विधि,बालमैत्री सिकाइ वातावरण,शिक्षक आचरण, विद्यार्थी मनोविज्ञान लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।

E2

तालिमको उद्घाटन गर्दै प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले शिक्षकको दक्षता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर कायम गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । समयानुकूल शिक्षकहरुले प्रभावकारी शिक्षण पद्धति, नवीन प्रविधिको प्रयोग तथा नैतिकताको विषयमा विशेष ध्यान दिन आवश्यक रहेको भन्दै उहाँले आगामी दिनमा थप प्रशिक्षण तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
कक्षामा प्रवेश गरिसकेपछि शिक्षक कसरी प्रस्तुत हुने,कक्षालाई सक्रिय र प्रभावकारी कसरी बनाउने र सिकाइ उपलब्धी हासिल गर्न विद्यार्थीलाई सहज वातावरण कसरी बनाउने लगयातका विषयमा यस तालिमले शिक्षकहरुलाई अभिप्रेरित गरेको सुनवल प्याब्सनका अध्यक्ष चोलाकान्त रेग्मीले बताउनुभयो ।
उक्त अवसरमा सुनवल लोटस स्कुलका प्रिन्पिसल नरिश्वर पौडेल,नेत्र रिजाल लगायतले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस