२०८२ अषाढ ३०, सोमबार
24 खबर अपडेट

विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न वरिष्ठ उपाध्यक्ष यादवको माग

२०८२ अषाढ ३०, सोमबार प्रकाशित (0 घण्टा अघि) २५७ पाठक संख्या

परासी, ३० असार । विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिको व्यवस्था गर्न सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं व्यवसायी वीरेन्द्र यादवले माग गर्नुभएको छ ।
बढ्दो गर्मीसँगै बत्ती झ्यापझ्याप जाँदा आम सर्वसाधरणको दैनिकी प्रभावित भएको उहाँको भनाइ छ । “विद्युत प्राधिकरणको चरम लापरवाही देखियो, यथाशीघ्र समस्या समाधान गर्न माग गर्दछु ।” उहाँले भन्नुभयो ।
अघोषित लोडसेडिङले उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रभावित हुनुका साथै सरकारी सेवा लिन समेत नागरिकले सास्ती भोग्नुपरेको यादवको गुनासो छ । “विगतमै लोडसेडिङ अन्त्य भएको थियो, तर पछिल्लो समय लोडसेडिङ भए जसरी झ्यापझ्याप बत्ती जान्छ, के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?”, उहाँले प्रश्न गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष यादवले पूर्व सूचना दिएर वा लोडसेडिङको समय सार्वजनिक गरेर मात्र विद्युत आपूर्ति बन्द गर्न विद्युत प्राधिकरणलाई आग्रह गर्दै विना सूचना झ्यापझ्याप विद्युत काटिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१६%

प्रतिक्रिया दिनुहोस