२०८३ बैशाख ५, शनिबार
24 खबर अपडेट

मदन भण्डारी फाउन्डेसनद्वारा बर्दगोरिया गुरुकुलका विद्यार्थीसँग भोजनदानसहित खुशी साटासाट

२०८२ अषाढ १७, मंगलबार प्रकाशित ( महिना अघि) ३४३ पाठक संख्या

परासी, १७ असार । मदन भण्डारी फाउन्डेसन नवलपरासीले सुनवल नगरपालिका–११ स्थित बाबा बर्दगोरिया धाममा अवस्थित बाबा बर्दगोरिया तुल्सीराम गुरुकुलमा अध्ययनरत विद्यार्थीसँग खुशी साटासाट गरेको छ।
फाउन्डेसनले उक्त गुरुकुलमा अध्ययनरत ३५ जना ब्रह्मचारिहरूलाई भोजनदान गर्दै मानव सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने भावनालाई आत्मसात् गर्दै खुशी साटासाट गरेको हो। जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा फाउण्डेसनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अन्तिम दिन खुशी साटासाट गरी सप्ताह सम्पन्न गरेको हो ।
यस किसिमका कार्यक्रमले समाजमा शिक्षाको महत्व र धार्मिक संस्कारको निरन्तरताको आवश्यकतालाई बढवा दिन सहयोग पुग्ने फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले बताउनुभयो । गुरुकुलका शिक्षक तथा तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले पनि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा नैतिक मूल्य र संस्कारको अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
श्याम बस्यालले नेतृत्व लिएसँगै मदन भण्डारी फाउन्डेसनले नवलपरासीमा विभिन्न सामाजिक, शैक्षिक तथा चेतनामूलक गतिविधिहरू गर्दै आएको छ। यसैबीच सोही अवसरमा बाबा बर्दगोरिया धाम विकास संस्थाको आयोजनामा सन्ध्या आरती पनि सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नरपति पाण्डेयको अध्यक्षता तथा मदन भण्डारी फाउण्डेसनका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा फाउण्डेसनका संस्थापक जिल्ला अध्यक्ष थानप्रसाद गैरे,सचिव चोलाकान्त रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।

M2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस