२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

नेपाल राष्ट्रिय शिक्षक संगठन पश्चिम नवलपरासीको अध्यक्षमा सुवेदी

२०८२ जेष्ठ ३२, शनिबार प्रकाशित ( घण्टा अघि) ३२९ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन पश्चिम नवलपरासीको अध्यक्षमा हुमनाथ सुवेदी निर्वाचित हुनुभएको छ । संगठनको शनिबार सुनवल–१३ बडेरास्थित धान्याञ्चल माविमा सम्पन्न १३ औँ जिल्ला अधिवेशनले सुवेदीको नेतृत्वमा सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
नवगठित जिल्ला समितिको उपाध्यक्षमा देवनारायण चौधरी, उपाध्यक्ष(महिला)मा सुशिला घिमिरे,सचिवमा हुमराज खनाल,सहसचिवमा लक्ष्मी अर्याल,कोषाध्यक्षमा शेषकान्त अर्याल, सहकोषाध्यक्षमा लक्ष्मी पौडेल चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक नवराज भण्डारीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला सदस्यमा मदन सुवेदी,शारदा पाण्डेय, दिलाराम अर्याल,उदय बहादुर रुचाल,चिनक प्रसाद मुखिया,हुमबहादुर थापा,रञ्जना चौधरी लगायत रहनुभएको छ । लेखा समितितर्फ संयोजकमा कर्ण बहादुर राहाडी मगर,सदस्यमा खुमप्रसाद अर्याल तथा केन्द्रिय प्रतिनिधिमा शिवकला पौडेललाई चयन गरिएको संगठनले जनाएको छ ।
उक्त अवसरमा तह बढुवा भएका र सेवा निवृत्त भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो भने नयाँ नियुक्ती तथा सरुवा भएका आएका शिक्षकहरुलाई स्वागत पनि गरिएको थियो ।

S2

 संगठनका निवर्तमान जिल्ला अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनले संगठनका निवर्तमान अध्यक्ष पौडेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवनारायण चौधरीको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।

कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे,नगर प्रवक्ता एवं सुनवल–१३ का वडा अध्यक्ष कृष्णप्रसाद बगाले, जिल्ला शिक्षा समन्वय समितिका सदस्य सूर्यप्रसाद न्यौपाने,नगर शिक्षा समिति सदस्य डोलराज भण्डारी,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तिलोत्तमा ज्ञवाली,लुम्बिनी प्रदेश कोषाध्यक्ष भविश्वर चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस