२०८२ जेष्ठ ३२, शनिबार
24 खबर अपडेट

रक्तदानमा उत्प्रेरित गर्न रेडक्रस परासी उपशाखाद्धारा पाल्ही क्याम्पसमा सचेतना

२०८२ जेष्ठ ३१, शुक्रबार प्रकाशित ( दिन अघि) ११३ पाठक संख्या

परासी, ३० जेठ । रक्तदानप्रति उत्प्रेरणा जगाउँदै रक्तदाता बढाउन पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा रक्तदान सचेतना कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाको आयोजनामा क्याम्पसका विद्यार्थीहरुलाई रक्तदानबारे सचेत गराइएको हो ।
रगतको माग बढ्दै जाने तर रक्तदाताको संख्या बढ्न नसक्दा जिल्लामा रगत अभाव भोग्नुपरेकोले रक्तदानप्रति प्रोत्साहन गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको रेडक्रस सोसाइटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो ।
“रक्तदानप्रति उत्प्रेरणा नहुनु तथा विभिन्न भ्रमहरु रहेकोले रक्तदाताको संख्या बढ्न सकेको छैन्, रक्तदानका लागि प्रोत्साहन र उत्प्रेरणा बढाउनुपर्छ,यसलाई हामीले अभियानकै रुपमा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

P2

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकले रक्तदान गर्नुपर्छ भन्ने चेतनाको विकास गर्न अत्यावश्यक रहेकोमा जोड दिनुभयो । रगतको मागलाई सहज रुपमा व्यवस्थापन गर्न नियमित रुपमा रक्तदान गर्न आग्रह गर्दै अध्यक्ष पाठकले क्याम्पसले आगामी दिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री एवं रक्त सञ्चार केन्द्रका संयोजक सुरज केसीले रक्तदानको महत्व, फाइदा तथा योग्यता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले १८ देखि ६० वर्ष सम्मका स्वस्थ्य व्यक्तिले प्रत्येक तीन।तीन महिनामा नियमित रक्तदान गर्न सकिने उल्लेख गर्दै रक्तदान गर्दा कमजोरी भइन्छ भन्ने कुरा भ्रम मात्र रहेको बरु रक्तदान गर्दा स्वस्थ भइने बताउनुभयो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवार,स्ववियू सभापति नीरज धवल, रेडक्रस परासी उपशाखाकी उपसभापति सीता कुँवर लगायतले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको रेडक्रस परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।

4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस