२०८२ जेष्ठ २५, शनिबार
24 खबर अपडेट

ऱ्यापर मिस्टको “माया जाल” चर्चामा

२०८२ जेष्ठ २५, शनिबार प्रकाशित ( घण्टा अघि) १०६ पाठक संख्या

रुपेश राजभर
रामग्राम,२४ जेष्ठ । नेपाली हिपहप ऱ्याप बिधामा आफ्नो फरक परिचय बनाउन सफल कलाकारको नाम हो प्रशान्त मिस्ट । ऱ्यापर मिस्टलाई एक पृथक गायक,गीतकार,मोडल तथा समाजसेवीका रुपमा चिनिन्छ ।
उहाँको हालै नयाँ म्युजिक भिडियो रिलिज भएको छ । “माया जाल”बोलको यो गीत रिलिज हुनु अगाडि नै व्यापक चर्चा पाएको थियोे ।
गीतको केही टुक्काले टिकटकमा निकै चर्चा पायो । उहाँका फ्यानहरुले मिस्ट नामको ट्याटु हातमा बनाएर टिकटकमा भिडियो क्लिप बनाएर चर्चा व्यापक बनाएका थिए ।
मिस्टको माया जालमा मायामा दुई ब्यक्तिको चित्रण गरिएको छ । यो गीत prasant myst युटुब च्यानलबाट रिलिज भएको हो ।
विद्यालय जीवनबाटै गायन यात्रा थाल्नुभएका मिस्टले अहिलेसम्म स्कूल, कलेज बाहेक देशका मुख्य सहरमा आयोजित ८ सय भन्दा  बढी सास्कृतिक  कार्क्रयममा सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरिसक्नुभएको छ ।
सन् २००४ देखि गायन क्षेत्रमा लाग्नुभएका उहांले निरन्तर रुपमा उत्कृष्ट गीतहरु पस्किँदै आउनुभएको छ । उहाँले विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका समेत निभाउनु भएको छ ।
प्रशान्तको ५० वटा गीति एल्बम र २५ वटा म्युजिक भिडियो बजारमा आईसकेको छ ।

उहाँले ‘ए नेभरइन्डिङ मिस्टी(२००४), ‘आइदर वाइ इट अर मिस इट’ (२०१०), ‘नाउः एण्ड नेभर (२०१८), ‘सील अराइज’ (२०२१) जस्ता एल्बम श्रोता दर्शकमाझ ल्याउनुभएको छ। प्रशान्तको चर्चित म्युजिक भिडियोमा ‘चोखो माया’ (२००४), ‘छैन’ (२००८), ‘जति टाढा (२०१२), ‘चाहेको मैले’ भाग २ (२०१४), ‘स्पर्श’ (२०१६) दुगेदर फर द नेशन’ (२०१८), ‘खोजि हेर’ (२०१९), यदि मेरो माया, दिनरात, चाहेको ( २०२० ) जीवनको मोड , स्पर्श-२ , विरानो सहर ,मेरो माया (२०२१), कसरी (२०२२), राष्ट्रियभकति गित “हिमाल पहाड तराई” (२०२२) , मेरो देश प्यारो , नेपाल(२०२३) सुपरस्टार , प्रदेशको पीडा , माया जाल, सम्बन्ध , जाग अब नेपाली ,यस्तै हो माया (२०२५) बोलका अनेकौ गीतसंगीत बजारमा आएका छन् ।

Received_682398187917196

दर्शक स्रोताको मनमा बस्न सफल गायक मिस्ट अनेकौँ अवार्डबाट पनि सम्मानित हुनु भएको छ । “वल्ड बुक अफ रेकर्ड ” (२०२१) लन्डन , “जिवन्त नेपाल म्युजिक अवार्ड” (२०२३) ,  “एक्जिटो एक्सेलेन्स अवार्ड” (२०२४) , “ईन्टनेशनल एक्सेलेन्स अवार्ड” दुबई (२०२४) , “युथ ईम्प्याक्ट अवार्ड” सिंगापुर  (२०२४) , “एचिभर्स अवार्ड”(२०२४) र “अपटाईमेज अवार्ड” (२०२५) जस्ता अवार्डबाट सम्मानित हुनुभएको छ। अहिले मिस्ट गायनसंगै होटल ब्यवसायमा पनि हुनुहुन्छ ।

Received_1393081355236010

पश्चिम नवलपरासीको सुनवलस्थि “ब्लु लोटस रिसोर्ट” उहाँले सञ्चालन गर्नुभएको हो । उहाँको वास्तविक नाम प्रशान्तमान श्रेष्ठ हो । छिट्टै अर्को गीति एल्बमको तयारीमा पनि रहेको उहाँले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस