२०८२ बैशाख २६, शुक्रबार
24 खबर अपडेट

रेडक्रस परासी उपशाखाको सक्रियतामा विद्यार्थीको रक्त समूह पहिचान अभियान शुरु

२०८२ बैशाख २६, शुक्रबार प्रकाशित ( घण्टा अघि) १६२ पाठक संख्या

परासी, २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी परासी उपशाखाको सक्रियतामा विद्यार्थीको रक्त समूह पहिचान अभियान शुरु भएको छ । विश्व रेडक्रस दिवसको अवसरी पारी विहीबारदेखि उक्त अभियान शुभारम्भ गरिएको हो ।
उपशाखा अन्र्तगत पर्ने सामुदायिक तथा निजी गरी ११ वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको रक्त समूह पहिचान गर्ने गरी अभियान शुरुवात गरिएको रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो । यस उपशाखा अन्र्तगत रामग्राम नगरपालिकाको वडा नं.१,२,३,४,५,६ र ९ गरी सात वटा वडा पर्दछन् ।
उक्त वडा भित्र सञ्चालित सबै विद्यालयका मावि तहमा अध्यनरत विद्यार्थीको रगत समूह परीक्षण गरिने सभापति अग्रहरीले बताउनुभयो । पहिलो दिन लिटिल एञ्जेल्स माविका ३०८ विद्यार्थीको रक्त समूह पहिचान गरिएको छ । एभरग्रीन अस्पताल परासीको प्राविधिक सहयोगमा उक्त विद्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको हो । बुद्धचोकमा अवस्थित एभरग्रीन अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवासहित स्वास्थ्य उपचार गर्दै आएको छ ।
रक्त समूह थाहा नहुँदा रगत व्यवस्थापनमा समस्या हुने गरेकोले उपशाखाले यो अभियान चलाएको अग्रहरीको भनाई छ । रक्त समूह पहिचान नहुँदा आपतकालीन अवस्थामा रक्तदान गर्ने दाताहरुले सेवा गर्न पनि वञ्चित हुनुपर्ने अवस्था रहेकोले उक्त समस्या समाधान गर्न र रक्तदान गर्न प्रेरित गर्ने अभियानको मूख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
अभियानको उद्घाटन गर्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले उपशाखा मार्फत विद्यार्थीको रगत समूह पहिचान थालिएकोमा खुशी व्यक्त गर्दै यस अभियानले आपतकालीन अवस्थामा रगतको व्यवस्थापनलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले रगत अभाव हुन नदिन नियमित रुपमा रक्तदान गर्नुपर्ने बताउँदै आफूले पनि अहिलेसम्म ४० पटक रक्तदान गरिसकेको सुनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले व्यक्तिको रगत समूहको आधारमा रगतको जोहो हुने भएकोले रक्त समूह पहिचान अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपमन्त्री एवं रक्त सञ्चार संयोजक सुरज केसी, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य मोहन पौडेल,रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव,रेडक्रस परासी उपशाखाका उपसभापति सीता कुँवर, सचिव बसन्त पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस