२०८२ बैशाख २५, बिहिबार
24 खबर अपडेट

नवलपरासीको रामग्राममा ‘प्रेरणा’ परियोजना शुभारम्भ

२०८२ बैशाख २५, बिहिबार प्रकाशित ( घण्टा अघि) ११८ पाठक संख्या

परासी, २५ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्रेरणा नामक स्वास्थ्य सम्बन्धि परियोजना शुभारम्भ भएको छ । उष्ण प्रदेशीय रोगहरु रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले रामग्राम सहित पश्चिम नवलपरासीका सातै पालिकामा आगामी चार वर्षसम्म यो परियोजना सञ्चालन गर्न लागिएको हो ।
इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट नवलपरासी र फेयरमेड नेपालको साझेदारीमा सञ्चालन हुने प्रेरणा परियोजनाबारे आज रामग्राम नगरपालिकामा अभिमुखीकरण गरि परियोजना शुभारम्भ गरिएको हो ।
परियोजनाले पालिका भित्रका अतिविपन्न,कमजोर स्वास्थ्य अवस्था, सरसफाइको अभाव र अस्वस्थ वातावरणमा रहेका समुदायलाई लक्षित गरी अभियान सञ्चालन गर्ने इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
निर्देशक आचार्यले प्रेरणा परियोजनाको उद्देश्य, कार्ययोजना, बजेट तथा क्रियाकलापहरुको बारेमा नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुखहरु सहितका सरोकारवालालाई जानकारी गराउनुभएको थियो ।
प्रेरणा परियोजना यसअघि सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाकै दोस्रो चरणको रुपमा शुरु गरिएको बताउँदै आचार्यले भन्नुभयो, “उष्ण प्रदेशीय रोगहरु जस्तै डेंगु,कालाज्वर, फित्ते जुका,सर्पदंश, कुष्ठरोग, हात्तीपाइले, लुतो,रेबीज, माइसितोमा लगायतका रोगहरु नियन्त्रण गर्ने लक्ष्यसहित परियोजना अघि बढाएका छौँ ।”
चार वर्ष सञ्चालन हुने यो परियोजना पहिलो चरणमा एक वर्षका लागि शुभारम्भ गरिएको परियोजनाका फिल्ड सुपरभाइजर बसन्त सापकोटाले बताउनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रोग लागेपछि उपचार गर्ने उपाय भन्दा पनि रोग लाग्नै नदिने उपायका बारेमा जनचेतना फैलान आग्रह गर्नुभयो । नगरपालिकाका सँगको सहकार्यमा परियोजनाका क्रियाकलाप सञ्चालन गर्न आग्रह गर्दै नगर प्रमुख यादवले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग, सहकार्य र समन्वय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस